समाचार

भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १३० जनाको मृत्यु, सयौँ घाइते

भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १३० जनाको मृत्यु, सयौँ घाइते
सुर्खेत, १८ कात्तिक/ जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ सय ३० पुगेको छ । जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको उनले बताए । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गा र सुर्खेतमा उपचार भईरहेको छ । रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् । यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना… पुरा पढौ

जाजरकोट भूकम्पः उपमेयर सहित ७२ जनाको निधन, २ सय बढि घाइते

जाजरकोट भूकम्पः उपमेयर सहित ७२ जनाको निधन, २ सय बढि घाइते
पोखरा, १८ कात्तिक/ जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा जाजरकोट र रुकुममा गरी ७० जनाको निधन भएको छ । जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा ३६ जनाको निधन भएको छ । झण्डै सय जना घाइते भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकाल जानकारी दिए । जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि निधन भएको छ । सदरमुकाममा बसेको घर भत्किएपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले… पुरा पढौ

पोखरामा मध्येरातमा भूकम्पको धक्का

भूकम्प
पोखरा, १८ कात्तिक/ पोखरामा शुक्रबार राति भूकम्पको धक्का महशुस भएको छ । ११ बजेर ४७ मिनेट जादाँ भूकम्पको धम्का महशुस भएको हो । भूकम्पका कारण निद्रामा भएकाहरु पनि उठेर घर बाहिर निस्कीएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ । ६.४ म्याग्निच्युड भएको जनाएको छ । भूकम्पको महशुस नेपालीका विभिन्न ठाउँ र भारतमा पनि भएको छ । यस अगाडी कात्तिक ५ गते धादिङ केन्द्र विन्दु बनाएर भूकम्प गएको थियो । बिहान ७… पुरा पढौ

भारतमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ५ नेपालीको मृत्यु

दुर्घटना
सुर्खेत, १७ कात्तिक/ भारतमा सवारी दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ । नेपाल सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको हो । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी… पुरा पढौ

पोखरा मेयर र युरोपियन युनियनका एरियनको भेट, नवीकरणीय उर्जामा सहयोग गर्ने

पोखरा मेयर र युरोपियन युनियनका एरियनको भेट, नवीकरणीय उर्जामा सहयोग गर्ने
पोखरा, १७ कात्तिक/ युरोपियन युनियनका बाह्य निगरानी विशेषज्ञ एरियन होक्साले पोखरामा निर्माण हुने घर तथा भवनहरू ऊर्जायुक्त बनाउने विषयमा नगरप्रमुख धनराज आचार्यसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा यस सम्बन्धी परियोजना सञ्चालन तथा सहकार्यका लागि आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।यस परियोजनाले नयाँबन्ने भवनहरूमा जलवायु अनुकूलन, रिट्रोफिटिंग, दिगोपना र नवीनतम प्रविधिहरूको प्रयोग र नवीकरणीय ऊर्जा स्रोतहरूको एकीकरणलाई बढवा दिने विश्वास गरिएको छ । बढ्दो सहरीकरण सँगै घर तथा भवनहरू निर्माणको क्रम तीव्र भइरहेका बेला होक्साको प्रस्ताव सान्दर्भिक रहेको प्रमुख आचार्यले… पुरा पढौ

पूर्वी नेपालका वासिन्दालाई पोखरा भ्रमणको निम्ता

पूर्वी नेपालका वासिन्दालाई पोखरा भ्रमणको निम्ता
जनकपुर, १७ कात्तिक/ होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप नेपालको ऐतिहासिक एबं धार्मिक नगरी जनकपुरमा संघले शुक्रबार एक पत्रकार सम्मेलन गरी यस क्षेत्रका वासिन्दालाई पोखरा भ्रमणको निम्ता दिएको छ । पोखरा महानगरपालिकाको प्रबर्द्धनमा यही कात्तिक १६ गतेबाट कात्तिक २० गते सम्म संचालन हुने अभियान अन्तर्गत यसपटक जनकपुर, विराटनगर, बिर्तामोड, धनकुटा र चितवन जस्ता शहर समेटिएको छ… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा ६ महिनामा १ लाख पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा ६ महिनामा १ लाख बढि पर्यटक
सागर राज तिमिल्सिनापोखरा, १७ कात्तिक/ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा ६ महिनमा १ लाख बढि पर्यटक आएका छन् । अघिल्लो वर्ष यहि अवधिमा ७५ हजार पर्यटक आएका थिए । यो वर्ष बैशाख देखी असोज महिना सम्ममा १ लाख १ हजार २५ जना पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख डा. रबिन कडरियाले जानकारी दिए । अघिल्लो वर्ष बैशाख देखी असोज सम्ममा ७५ हजार ७ सय २३ पर्यटक आएका थिए । अघिल्लो वर्ष भन्दा यस वर्ष… पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ पाईलटहरूको मापसे जाँच

पोखरामा प्याराग्लाइडिङ पाईलटहरूको मापसे चेक जाँच
पोखरा, १६ कात्तिक/ कास्कीले प्रहरीले प्याराग्लाइडिङ पाईलटहरूको मादक पदार्थ सेवन मापसे चेक गरेको छ । प्याराग्लाइडिङ संचालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणको लागि मापसे चेक गरेको जनाएको छ । वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका वडा नम्बर २३ पामे स्थितमा प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाईलटहरूले मादक पदार्थ सेवन गरेरनगरेको चेक जाँच गरेको हो । चेक जाँचमा कसैले पनि मापसे नगरेको नभेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुलाई सुरक्षाका बारेमा समेत जानकारी दिएका थिए । पुरा पढौ

गण्डकी प्रदेशमा खुल्यो १००२ जनालाई जागिर (कुन कुन पदमा समेत)

प्रदेश लोक सेवा आयोग
पोखरा, १६ कात्तिक/ गण्डकी प्रदेश लोक सेवा आयोगले एकै पटक ठुलो संख्यामा कर्मचारीका लागि विज्ञापन खुलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत दरबन्दी अनुसार प्रदेश लोक सेवाले बुधबार प्रदेश र स्थानीय तहको मागलाई ध्यान दिएर विज्ञापन खुलाएको हो । विभिन्न तहमा आन्तरिक बढुवा समेत गरी आयोगले १ हजार २ जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौं र सहायक पाचौं तहका प्राविधिक तथा अप्राविधिक पदहरूको अन्तर तह, खुला तथा… पुरा पढौ

लेखनाथमा सहकारीको बजार प्रतिनिधिको नगद लुट्पाट

चोरी
पोखरा, १५ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर ३० खुदी नहर चोकमा सिटिजन सहकारीको बजार प्रतिनिधिले चलाउदै गरेको स्कुटरबाट नगद लुटेका छन् । पल्सर मोटरसाइकलमा आएका दुई जनाले नगद सहितको झोला जर्वजस्ती लुटेर फरार भएका छन् । घाईते बजार प्रतिनिधिको उपचार तालचोक स्थित माछापुच्छ्रे पोलिक्लिनिक भइरहेको छ । घाईतेको स्कुटरमा रहेको सिटिजन सहकारी पोखरा नयाँबजारको केही पास बुक र चेक संगै स्कुटर प्रहरीले राखेको छ । पुरा पढौ