विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दुर्घटनास्थलमा स्मृति स्तम्भ

-


     क्लिक गण्डकी     
     माघ १ गते २०८० मा प्रकाशित


विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दुर्घटनास्थलमा स्मृति स्तम्भ

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दुर्घटनास्थलमा स्मृति स्तम्भ

पोखरा, १ माघ/ पोखरामा एक वर्ष अगाडी भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएउनेको सम्झनामा दुर्घटनास्थलमा स्मृति स्तम्भ निमार्ण भएको छ ।

२०७९ माघ १ गते काठमाण्डौबाट पोखरा आउने क्रममा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको स्मृतिमा पोखरा महानगरपालिकाको तर्फबाट स्मृति स्तम्भ निमार्ण गर्दै सभा गरिएको छ ।

दुर्घटना स्थलमा दिवङ्गतहरूको स्मृतिमा उनीहरूको नामावली सहितको स्मृति स्तम्भ निर्माण गरी त्यसको अनावरण समेत गरिएको छ । स्तम्भको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संयुक्त रूपमा अनावरण गरे ।

स्तम्भमा विमान दुर्घटनामा दिवङ्गत भएका चालक दलका सदस्यहरू सहित ५७ जना नेपाली र १५ जना विदेशी नागरिकहरूको नाम लेखिएको छ । उनीहरूको स्मृतिमा पोखरा महानगरपालिकाले स्मृति स्तम्भ निर्माण गरेको हो ।
त्यस स्थानमा स्मृति पार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको छ ।

स्मृति सभामा पोखरा महानगरपालिकाका नगरप्रमुख आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरे, महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम मोहन आचार्य सहित जनप्रतिनिधिहरू र मृतकका आफन्तहरूको उपस्थिति रहेको थियो ।