समाचार

पोखराको प्याराग्लाइडिङ शुल्कः १२ हजारबाट तीन हजार रुपैयामा घट्यो

प्याराग्लाइडिङ
पोखरा, २३ पुस/ पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ । अहिले कम्पनिले ३ देखि ६ हजार रुपैयाँमा उडाउन थालेका छन् । यो शुल्क केहीदिन अघिसम्म १२ हजार रुपैयाँ थियो । प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा केहीदिन अघि प्याराग्लाइडिङ उडान रोकिएको थियो । नेपाल हवाई खेलकुद संस्था (ना), प्याराग्लाइडिङ कम्पनी र पाइलटबीच विवादका कारण झन्डै दुइसातासम्म उडान अवरुद्ध भएको थियो । खुला बजार नीति अनुसार व्यावसायीले मूल्य तोकेर… पुरा पढौ

लेखनाथमा दुई जनाको ज्यान जाने गरी ठक्कर दिने कारका चालक पुर्पक्षका लागि थुनामा

लेखनाथ दुर्घटना हुदाँ दुई जनाको मृत्यु
पोखरा, २२ पुस/ पोखरा महानगरपालिकाको लेखनाथमा मंसिर २४ गते कार ठक्करबाट स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको घटनामा कार चालक मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलन भएका छन् । सवारी ज्यानसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए । घटनामा डिल्लीराम बराल समेतले कार चालक बानियाँलाई विपक्षी बनाई उजुरी दिएका थिए । पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजमा अध्ययनरत् पोखरा २५, हेमजाकी २३ वर्षीया अनिशा खड्का… पुरा पढौ

पत्रकार महासंघ कास्कीमा विषयवस्तु लेखन तालिम

पत्रकार महासंघ कास्कीमा विषयवस्तु लेखन तालिम
पोखरा, २२ पुस/ नेपाल पत्रकार महासंघ कास्कीले विषयवस्तु लेखन तालिम सुरु गरेको छ । आइतबार देखि महासंघको सभाहलमा सुरु भएको तालिम सोमबार सम्म चल्नेछ । तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल रहेका छन् । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव समेत सुनाउनेछन् । आइतबार भएको सेसनमा मोदनाथ ढकालले मिडिया नीति बनाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनका अनुसार समाजले अपेक्षा गरेका विषयवस्तु मिडियामा आउनुपर्छ । प्रतिस्पर्धाले… पुरा पढौ

पोखरा जुवातास खेल्दै गरेका ८ जना पक्राउ

जुवा तास
पोखरा, २२ पुस/ कास्की पोखरा महानगरपालीका वडा नम्बर १२ चापापानी स्थित मैत कुमारी गुरुङले जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ८ जनालाई पक्राउ गरेको छ । प्रहरी टोलिले जुवातास खेली रहेका उनीहरुको साथबाट ४ बुक तास र नगद १ लाख ३५ हजार ९ सय ८५ रुपैया सहित पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । पक्राउ परेका लागि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने)… पुरा पढौ

महिला र बालिकालाई यौनशोषण क्रियाकलापमा संलग्न गराएको आरोपमा ३ जना पक्राउ

महिला र बालिकालाई यौनशोषण क्रियाकलापमा संलग्न गराएको आरोपमा ३ जना पक्राउ
पोखरा, २१ पुस /महिला र बालिकालाई यौनशोषण क्रियाकलापमा संलग्न गराएको आरोपमा कास्की प्रहरीले ३ जनालाई गरेको छ । पोखरा ८, जाल्पारोडमा काभ्रेली खाजाघरका सञ्चालकले २ महिला तथा १ बालिकालाई शौनशोषण कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । उनीलाई बाहिर लैजान अवस्थामा कास्की प्रहरीले २ दिनअघि उनीहरुको उद्धार गरेको जनाएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले खाजाघरका सञ्चालक पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रवीण गुरुङ, पर्वत घर भइ काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा १७… पुरा पढौ

विन्ध्यबासिनी दुई लाख राशीको श्रीपती समाजसेवा पुरस्कारबाट पुरस्कृत

विन्ध्यबासिनी दुई लाख राशीको श्रीपती समाजसेवा पुरस्कारबाट पुरस्कृत
पोखरा, २१ पुस/ श्रीपती समाज सेवा पुरस्कारबाट शनिबार पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समेत समर्पित विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको हो । श्रीपती कोईराला गुठीको ३१ औं साधारण सभाको अवसरमा समितिलाई पुरस्कार अर्पण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोईराला लगायतले विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्य सचिव… पुरा पढौ

दुर्घटना दुई जनाको मृत्यु भएपछि कारचालकलाई कारवाहीको माग गर्दै आफन्तहरु अदालतमा

दुर्घटना दुई जनाको मृत्यु भएपछि कारचालकलाई कारवाहीको माग गर्दै पीडितहरु अदालतमा
पोखरा, २१ पुस/ मंसिर २४ गते आइतबार साँझ कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको मृत्यु हुन पुगेको थियो । दुर्घटनामा परी पोखरा महानगरपालिका २५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा ५ जिरोकिमी बस्ने २४ वर्षीया भावना बरालको मृत्यु भयो । पृथ्वीराजमार्गस्थित पोखरा २६ सुन्दरीबजारमा पोखराबाट तालचोकतर्फ जाँदै गरेका बी एए ००४१ नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त कार अर्घौं निवासी मानबहादुर बानियाँले चलाएका थिए । ठक्करबाट गम्भीर घाइते… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पाँच वर्षका लागि समय थप

अन्नपूर्ण
पोखरा, २० पुस/ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को नवीकरणको अन्यौलतालाई तोड्दै सरकारले ५ वर्षका लागि व्यवस्थापकीय जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई नै दिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को २०७७ माघ ३ गते देखि नवीकरण नभएको अवस्थामा पुस ५ गतेको मन्त्रीपरिषद्को निर्णयबाट अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय गरेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) समुदायलाई हस्तान्तरण गर्ने कि कस्ले र कसरी चलाउने भन्ने अन्योल… पुरा पढौ

भिटोफ गण्डकी अध्यक्षमा शोमाकुमारी अधिकारी

भिटोफ गण्डकी अध्यक्षमा शोमाकुमारी अधिकारी
पोखरा, २० पुस/ गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको अध्यक्षमा शोभाकुमारी अधिकारीको नेतृत्वमा नयाँ समिति चयन भएको छ । भिटोफ गण्डकीको नवौं साधारणसभा तथा चौंथो अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको प्रथम उपाध्यक्षमा रमेश अर्याल, द्वितीय उपाध्यक्षमा सुशीला भण्डारी चयन भएका छन् । भिटोफको सचिवमा लक्ष्मण पहारी, कोषाध्यक्षमा शरण गुरुङ, सहसचिवमा विश्व क्षेत्री चयन भए । सदस्यमा चिन्तामणि पोखरेल, भावना रानाभाट, विमल सापकोटा चयन भएका छन् । निर्वाचन संयोजक तारानाथ पहारी र सदस्य गोपाल थापा र… पुरा पढौ

महिलालाई आगो लगाएर आफैंलाई आगो लगाउने व्यक्ति पक्राउ

कृष्णबहादुर क्षेत्री
पोखरा १९ पुस/ जिल्ला प्रहरी कार्यालय कास्कीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका घर भई हाल पोखरा १३, काहुँखोला बस्दै आएका कृष्णबहादुर क्षेत्री छन् । पोखरा १३ काहुँखोलामा ०७९ माघ १५ गते ३५ वर्षीया संगीता सापकोटालाई आगो लगाएर हत्या गरेको आरोपमा जिल्ला अदालत कास्कीले भदौ १८ गते दोषी ठहर गरेको थियो । क्षेत्रीलाई अदालतले १० वर्ष कैद र १ लाख ४ हजार जरिवाना सुनाएको थियो । धरौटीमा रिहा भएका उनी अदालतबाट… पुरा पढौ