समाचार

पोखरामा भएको देउसी भैलो च्याम्पीयनको उपाधि पुन समाजलाई

पोखरामा भएको देउसी भैलो च्याम्पीयनको उपाधि पुन समाजलाई
पोखरा, २६ कात्तिक/ पोखरा टेलिभिजनले नेपालमै पहिलो पटक आयोजना गरेको मौलिक देउसी भैलो महोत्सवमा पुन समाज पोखरा च्याम्पियन बनेको छ । बिभिन्न स्थान बाट छनौट भई उत्कृष्ठ सात टोलीले प्रतिशपर्धा गरेकोमा पुन समाज मौलिक देउसी भैलो च्याम्पीयन २०८० बन्न सफल भएको हो । च्याम्पियन टोलीले नगद पन्ध्र हजारको साथमा ट्रफि तथा प्रमाण पत्र प्राप्त गरेको छ । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुसिला सिंखडाले गर्नुभएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै… पुरा पढौ

मध्य पहाडी लोकमार्ग पोखरा खण्डको समस्या समाधानका लागि विन्दुकुमार थापाको संयोजकत्वमा समिति

मध्य पहाडी लोकमार्ग पोखरा खण्डको समस्या समाधानका लागि विन्दुकुमार थापाको संयोजकत्वमा समिति
पोखरा, २६ कात्तिक/ राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाडी लोकमार्गको कास्की खण्ड अन्तरगत पोखरा महानगरपालिका भित्र देखिएको समस्या तत्काल समाधानका गर्न प्रदेश सभा सदस्य माननीय विन्दु कुमार थापाको संयोजकत्वमा अध्ययन तथा प्रतिवेदन समिति गठन गरिएको छ । सदस्यहरूमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर १६ र १९ का अध्यक्षहरु अमृत शर्मा तिमिल्सीना र पुष्पेन्द्र पाण्डे, पूर्व वडा अध्यक्ष जीवनप्रसाद आचार्य र शोभा मोहन पौडेल, सङ्घर्ष समितिका अध्यक्ष गोविन्द बस्नेत, सचिब सन्दीप थापा र खेमलाल… पुरा पढौ

पोखराको सेतीमा १ अर्बको लागतमा सिग्नेचर पुल निमार्ण शुरु

पोखराको सेतीमा १ अर्बको लागतमा सिग्नेचर पुल निमार्ण शुरु
पोखरा, २५ कात्तिक/ पोखराको सेती नदीमा बन्ने ‘सिग्नेचर’ पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पुलको पुल निर्माणको कार्य २०८२ भदौ २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । मन्त्री ज्वालाले विकास निर्माणका काममा समयमा सम्पन्न नहुने समस्यालाई चिदै समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले मन्त्रालय, स्थानीय सरकारबाट आवश्यक सहयोग हुने बताए । मुग्लिन–पोखरा राजमार्ग सुधार चरण १ योजना अन्तरगत पुल… पुरा पढौ

कास्कीमा देउसी भैलो राती ९ बजे सम्म मात्र

पोखरा, २४ कात्तिक/ कास्की प्रशासनले देउसी भैलो कार्यक्रमलाई मर्यादित बनाउन राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर तिहारको अवसरमा सञ्चालन हुने देउसी भैलोलाई मर्यादित, अनुशासित बनाउन आग्रह गर्दै राति ९ बजे सम्म मात्रै देउसी भैलो कार्यक्रम चलाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना जारी गर्दै कास्की जिल्ला भर सञ्चालन गरिने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागमनमा अवरोध नहुने गरि रातीको ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरी भेटः तिब्बती नाका, पोखरा एरपोर्ट विषयमा छलफल

गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरी भेटः तिब्बती नाका, पोखरा एरपोर्ट विषयमा छलफल
पोखरा, २४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार उहाँहरुबिच भेटवार्ता भएको हो । भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरु नियमित संचालन गरि प्रदेशबासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन अनुरोध गरे । कोरोला नाकामा नेपाल तर्फ आवश्यक पूर्वाधार निर्माणकालागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको दु्रत मार्ग निर्माण,… पुरा पढौ

पोखराको फिर्के खोलाको संरचना नहटाउन अन्तरिम आदेश

फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा
पोखरा, २४ कात्तिक/ पोखराको बिचभागबाट बग्ने फिर्केखोलाको खोलाघरभित्रका बनेका संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गरेकोमा उच्च अदालत पोखराले रोकेको छ । फिर्के तमु समाज लगाएले दायर गरेको उत्प्रेषण परमादेश रिटमा उच्च अदालत पोखराका न्यायाधीश मिलन राईको एकल इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो । विभिन्न संघसंस्था तथा व्यक्ति गरी १३ निवेदक रहेको रिटमा पोखरा महानगरपालिका समेत ५ जनालाई विपक्षी बनाइएको थियो । अदालतले तत्काल पोखरा महानगरको सूचनाको कार्यान्वयन नगर्नू/नगराउनू तथा कारण देखाउनू भनी विपक्षीको नाउँमा अन्तरिम… पुरा पढौ

पोखरामा मौलिक देउसी भैलो प्रतियोगिता हुने

पोखरामा मौलिक देउसी भैलो प्रतियोगिता हुने
पोखरा, २४ कात्तिक/ पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । पोखरा टेलिभिजनको आयोजनामा हुन लागेको महोत्सवमा बिभिन्न जातजाती बिषेश तथा समुदाय बिषेशको देउसीभैलो प्रर्दशन हुने भएको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पछिल्लो समय नक्कल गर्ने सस्कृतीका कारण हाम्रा संस्कृति र परम्पराहरुको अस्तित्व नासिने खतरा बढ्दै गएको छ । पछिल्लो समय तिहारको समयमा खेलिने देउसीभैलो विकृतिमुक्त हुन सकेको छैन, यसको मौलिकता हराउँदै गएको आभाष हुन थालेको छ । त्यसैले देउसीभैलोलाई ब्यापक… पुरा पढौ

पोखराको पर्यटन विकासमा प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी

पोखराको पर्यटन विकासमा प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी
पोखरा, २३ कात्तिक/ पोखरा महानगरपालिका र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बिच कृषि, पर्यटन र आइटी क्षेत्रको विकासलाई प्रोत्साहन गर्न प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र (यूएसएआईडी) को तर्फबाट परियोजना प्रमुख एगनेस लुजले बिहीबार हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार पोखरालाई पर्यटकीय हबका रूपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्यले युएसएआइडी टी एन्ड सिले २ वर्षसम्म प्राविधिक परामर्श सेवा प्रदान गर्नेछ । आगामी नोभेम्बर १, २०२३ देखि डिसेम्बर ३०, २०२५ सम्म… पुरा पढौ

अभिनेत्री दिपाशा बीसीको निधन

दिपाशा बीसी
काठमाडौं, २३ कात्तिक/ अभिनेत्री दिपाशा बीसीको २८ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा असहज बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनी बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको अस्पतालले जानकारी दिएको छ । ‘दुलही रानी’ फिल्मबाट २०६८ मा यो क्षेत्रमा प्रबेश गरेकी थिइन् । मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । पुरा पढौ

पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोखरेल निर्वाचित

पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोखरेल निर्वाचित
पोखरा, २३ कात्तिक/ पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोखरेल निर्वाचित भएका छन् । कात्तिक २२ गते सम्पन्न २५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । यस अघि उनी कृष्ण प्रसाद सापकोटा नेतृत्वको कार्यसमितिमा सचिव थिए । दक्ष जनशक्ति आजको आवश्यकता गुणस्तरिय सेवा हाम्रो प्रतिबद्धता भन्ने उदघोषका साथ २०५६ सालमा स्थापना भएको पोखरा इलेक्ट्रिक क्लव अहिले तन्नेरी बनेको छ । २५ औं रजतजयन्ती मनाइरहँदा र क्लवको नेतृत्व पाइरहँदा खुशी लागेको पोखरेल बताउँछन् । इलेक्ट्रिक व्यवसायीको… पुरा पढौ