समाचार

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई
पोखरा, ७ माघ/ अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना… पुरा पढौ

निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन

निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन
पोखरा, ७ माघ/ निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बिच उद्घाटन गरेपछि आयोजना सञ्चालनमा आएको हो । आयोजना उद्घाटन गर्दै प्रमुख आचार्यले आयोजना सञ्चालनमा आएसँगै उपभोक्ताहरूले खानेपानीको समस्या भोग्न नपर्ने बताउनुभयो । आयोजनाले तत्कालका लागि १९८० घरधुरीलाई पानी उपलब्ध गराएको भए पनि छिट्टै ३२ सय बढी घरमा धारा जोडिने उहाँले बताउनुभयो । “खानेपानीलाई नेपालको संविधानले मौलिक हकका रूपमा उल्लेख गरेको छ, प्रमुख आचार्यले… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा बिजयपुर खोला कसेरीमा निर्माणाधीन पुलको अनुगमन

जिल्ला समन्वय समिति कास्कीद्वारा बिजयपुर खोला कसेरीमा निर्माणाधीन पुलको अनुगमन
पोखरा, ७ माघ/ जिल्ला समन्वय समिति कास्कीले बिजयपुल खोला कसेरीमा निर्माणाधीन पुलको अनुगमन गरेको छ। प्रमुख लिलाधर पौडेल नेतृत्वमा काहुखोला (बिजयपुर) काफलघारी सडक अन्तर्गत पोखरा महानगरपालिका वडा न १३ र २८ जोड्ने बिजयपुर खोला कसेरीमा निर्माणाधीन पुलको अनुगमन गरेको हो । उपप्रमुख सरिता जिल्ला समन्वय अधिकारी नवराज बराल, सदस्य राजु अधिकारी, हर्क बहादुर गुरुङ, सडक डिभिजन कार्यालयका प्रमुख नवराज बास्तोला सहित प्राबिधिक इन्जिनियर सम्मिलित अनुगमन टोलिले आयोजनाको निर्माण प्रक्रिया सहित अन्य प्राबिधिक पक्षको जानकारी लिएका थिए । प्रमुख लिलाधर पौडेलले… पुरा पढौ

लेखनाथमा भएको मह खाने प्रतियोगितामा लामिछाने प्रथम

लेखनाथमा भएको मह खाने प्रतियोगितामा लामिछाने प्रथम
पोखरा, ६ माघ/ वेगनास मौरीघार उद्योग पोखरा महानगरपालिका वडा नम्बर ३१ वेगनासले २० औ वार्षिकोत्सव अवसरमा भएको मह खाने प्रतियोगितामा जीवनाथ लामिछाने प्रथम भएका छन् । १० जना सहभागी भएको मह खाने प्रतियोगितामा पोखरा महानगरपालिका वडा नम्बर २३ का जीवनाथ लामिछाने प्रथम भएका हुन् । पोखरा ३० खुदी निवासी बसन्त पौडेल दोस्रो, पोखरा २७ का विक्रम अधिकारी तेस्रो र पोखरा ३१ की सृजना लामिछाने सान्तोना पुरस्कार जित्न सफल भए । प्रथम हुनेले १ के.जि. मह र एक फ्रेम चाका सहितको… पुरा पढौ

मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा चिन्तामणी बाँस्तोला

मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा चिन्तामणी बाँस्तोला
पोखरा, ६ माघ/ मुद्रण उद्योग संघ कास्की जिल्ला कार्यसमितिको आज भएको १४ औं साधारण सभा तथा ५ औं अधिवेशनबाट चिन्तामणी बास्तोला अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । उनि कञ्चन कम्प्युटर सेवाका सञ्चालक हुन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बास्तोला (मोडर्न अफसेट), प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल (फिस्टेल पब्लिकेशन), द्धितिय उपाध्यक्षमा प्रकाशराज पौडेल (ओजन अफसेट), महासचिवमा पदम श्रेष्ठ (एफोर जेड ग्राफिक डिजाइन एण्ड पिन्टिङ प्रेस), सचिवमा राजन कुमाल (ग्राफिक सोलुशन), कोषाध्यक्षमा अनन्त प्रधानाङ्ग (अनन्त अफसेट प्रेस) र सहकोषाध्यक्षमा झङ्कनाथ अधिकारी… पुरा पढौ

पञ्चासेमा अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन हुने

पञ्चासेमा अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन हुने
पोखरा, ६ माघ/ प्रसिद्ध धार्मिक, पर्यटकीय र साँस्कृतिक तीर्थस्थल पञ्चासेमा कुटी रिसोर्ट प्रथम अन्तर्राष्ट्रिय पञ्चासे जैबिक विविधता हुने भएको छ । पञ्चासे ईको टुरिजम प्रा.लिको आयोजनामा हुने कार्यक्रममा छिमेकी मुलुक भारत र एसिया क्षेत्रका विभिन्न देशबाट पर्यावरण, प्रकृति र जैबिक विविधता विज्ञहरु सहभागी हुने छन् । उनीहरुले जैविक विविधता र संरक्षण विषयमा छलफल गर्ने छन् । सम्मेलनमा भाग लिन एशिसाली विकास बैंकका पूर्व महानिर्देशक तथा लुम्बिनी विकास कोषका सल्लाहकार नोरितादा मोरिता पनि आउने आयोजक संस्थाका अध्यक्ष नवराज पौडेलले जानकारी दिए… पुरा पढौ

पोखरामा स्कुल बसले ठक्कर दिदा ३ वर्षे बालकको निधन

दुर्घटना
पोखरा, ५ माघ/ पोखरा २४ को कास्कीकोटमा स्कुल बसले ठक्कर ३ वर्षे बालकको निधन भएको छ । बाल प्रतिभा बोर्डिङ स्कुलमा नर्सरी कक्षामा पढ्ने ३ वर्षे समीर कार्कीको निधन भएको हो । शुक्रबार दिउँसो पौने ३ बजेतिर कास्कीकोटको काउलेस्थित ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले किचेर सोही विद्यालयमा अध्ययनरत थिए । बसबाट झरेर घरतिर जाँदै गरेका समीरलाई सोही बसले ठक्कर दिएको हो । समीरलाई घाइते अवस्थामा मेट्रोसिटी अस्पताल ल्याइएकामा दिऊसो ४ बजेतिर डाक्टरले मृत घोषणा गरे… पुरा पढौ

गौ सेवाका लागि पोखरामा भएको महायज्ञमा ५८ लाख बढी रकम संकलन

गौ सेवाका लागि पोखरामा भएको महायज्ञमा ५८ लाख बढी रकम संकलन
पोखरा, ४ माघ / राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञमा ५८ लाख बढी रकम सङ्कलन भएको छ । पुस २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा माघ ४ गतेसम्म आयोजित ज्ञान महायज्ञमा नगद तथा जिन्सी गरी ५८ लाख २२ हजार १८२ रुपैयाँ विभिन्न दानदाताहरूबाट सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञको पहिलो दिन ७२ हजार ८३०, दोस्रो दिन २ लाख ३४ हजार २ सय,… पुरा पढौ

पोखरा–१५ को खेल महोत्सवः गलेश्वर र श्री १५ फुटबलको फाइनलमा, विद्यालयतर्फ रेन्बो प्रथम

पोखरा–१५ को खेल महोत्सवः गलेश्वर र श्री १५ फुटबलको फाइनलमा, विद्यालयतर्फ रेन्बो प्रथम
पोखरा, ४ माघ/ पोखरा–१५ मा जारी दोस्रो बृहत् खेलकुद महोत्सवको समापन शुक्रवार बिहान हुने भएको छ । खेल महोत्सव बिहीबार सम्पन्न गर्ने भनिए पनि सहभागी टोलीको सङ्ख्या धेरै हुँदा खेल शुक्रवारसम्म धकेलिएको हो । शुक्रवार बिहान ८ बजे टोल स्तरीय फुटबल खेलको फाइनल हुनेछ । फाइनलका लागि गलेश्वर टोल र श्री १५ भिड्ने भएका छन् । निकै नै प्रतिस्पर्धात्मक खेलमा गलेश्वरले प्रतिभा टोललाई २–१ र श्री १५ ले दिव्य ज्योतिलाई ट्राई बेकरमा ११–१० ले पराजित गर्दै फाइनलका लागि पक्का गरेको… पुरा पढौ

सफल पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया

सफल पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया
पोखरा, ४ माघ/ १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा… पुरा पढौ