समाचार

पोखराको लेकसाईडमा बनाउँदै गरेको घरको लिफ्टबाट खसेर ईञ्जिनियरको मृत्यु

पोखरा, १६ माघ/ पोखरा ६ लेकसाइडमा बनाउँदै गरेको घरको लिफ्टबाट खसेर एक जना ईञ्जिनियरको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–६ स्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको लिफ्टबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षिय ईञ्जिनियर प्रविण भट्टराईको मृत्यु प्रहरीले जानकारी दिएको छ । निर्माणाधीन घरको तातोपानीको सर्भे गर्न गएका भण्डारी नापजाँच गर्ने क्रममा दिउँसो १ बजे घरको पाँचौ तलाबाट खसेर गम्भीर घाईते भएका थिए । घाईते ईञ्जिनियर भण्डारीलाई तत्कालै उद्धार गरेर गण्डकी मेडिकल कलेज लगिएपनि दिउँसो २ः२७ बजे उपचारको क्रममा… पुरा पढौ

एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौँ, १६ माघ/ निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गर्नुभयो । सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न… पुरा पढौ

पोखरामा एटीएम फोड्दै गर्दा एक जना पक्राउ

लेखनाथको अर्घाैंचोकको बैंकको एटिएम फोर्ने एक जना पक्राउ
पोखरा, १५ माघ/ पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किलोमिटरमा रहेको एनएमबि बैकको एटीएम मेशिन तोडफोड गर्दै गरेको अबस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार राति करिब १२ बजेको समयमा एटिएम मेशिन तोडफोड गर्न लागेको बेला कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ घर भई पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा बस्ने २७ बर्षीय राजकुमार भन्ने टिकाराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेललाई कास्की जिल्ला अदालतबाट चोरी मुद्धामा ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी… पुरा पढौ

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान
माघ १५, सिमरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताउनुभएको छ। सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो। पुरा पढौ

मेनुका पौडेलले प्राप्त गरिन् आँखा देख्ने एआई चस्मा

मेनुका पौडेल
पोखरा, १५ माघ/ इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् । आइडलको आइतबार राति प्रशारण भएको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित विशेष चस्मा प्रदान गरेका हुन् । शोको मञ्चमै मेनुकाले चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् । गायिका लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेज उक्लिएका थिए । चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा दिए । चस्मामा मेनुकाले… पुरा पढौ

गायिका रचना रिमाल सवार गाडी ट्रकसँग ठोक्कियो

रचना रिमाल
पोखरा, १४ माघ/ गायिका रचना रिमाल सवार स्कारपियो दुर्घटनामा परेको छ । आइतबार बेलुका रिमाल चढेको स्कारपियोलाई विपरित दिशाबाट आइरहेको बाप्र ०३-०१ ख-२११८ को नम्बरको ट्रकले बाँकेको सिक्टा नजिकै ठक्कर दिएको हो । नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै गर्दा दुर्घटनामा परेको हो । गायिका रिमाल सकुशल छिन् भने उनीसँगै सवार शिवु खनाल घाइते भएका छन् । गायिका रिमालले दुर्घटनामा आफू सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएकी छन् । घटनापछि अर्को गाडीमा चढेर रिमाल महोत्सव आयोजनास्थल पुगेकी थिइन् । उनले आइतबार… पुरा पढौ

न्यौपानेको ‘नदेखिएको घाउ’ आत्मकथा लोकार्पण

न्यौपानेको ‘नदेखिएको घाउ’ आत्मकथा लोकार्पण
पोखरा, १४ माघ/ कस्केली अधिकृत समाजका आजीवन सदस्य एवम् पोखरा महानगरपालिकाका अधिकृत दुुर्गा न्यौपानेद्वारा लिखित आत्मकथा ‘नदेखिएका घाउ’ लोकार्पण गरिएको छ । कस्केली अधिकृत समाजद्वारा आज पोखरामा आयोजित एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गर्नुभयो । कार्यक्रममा सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभै समाजमा पनि महत्वपूर्ण हुने बताउँदै आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्य हुुने बताउनुभयो । न्यौपानेले आफ्ना जीवनका भोगाई र अनुभवलाई कृतिमा समेट्ने प्रयास गरेको बताउँदै उहाँले साहित्यिक लेखनमा निरन्तरता हुने… पुरा पढौ

सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी

सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी
पोखरा, १४ माघ/ पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस (रेड कर्नर नोटिस) जारी भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको कास्कीका एसपी मोहन थापाले बताए । जीबी राई सहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । अन्य तीनजनाको हकमा डिफ्युजन जारी भएको छैन । अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न… पुरा पढौ

‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई

‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई
पोखरा, १२ माघ/ ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ । कम उमेरमा नै गीतसंगीतको क्षेत्रमा सफलता पाएका उनलाई ५० हजार राशिको पुरस्कार प्रदान गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन गरे सरुभक्त केन्द्रले जानकारी दिएको छ । बाजुराको हिमाली गाउँपालिका–६ मा जन्मी हाल काठमाडौंको महर्षि स्कुलमा कक्षा ६ मा अध्ययनरत ठकुरीलाई माघ २७ गते पोखरामा पुरस्कृत गरिने सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए । पुरस्कृत हुन लागेका बालकलाकार ठकुरीका लोकगीत, लोकदोहोरी, चलचित्र गीत, आधुनिक… पुरा पढौ

बेनीमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

फाइट
म्यादी, १२ माघ/ म्याग्दीको बेनीमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार साँझ बेनी नगरपालिका ८ क्याम्पसचोकमा अन्धाधुन्ध धारिलो हतियार प्रहारबाट रघुगंगा गाउँपालिका १ बेगका घर भई बेनी नगरपालिका ८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्बुजाको मृत्यु भएको हो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डिएसपी मदन कुवँरले बताए । मृतकका साथी बेनी नगरपालिका–६ अथुंगेका अनुराग शाहीक… पुरा पढौ