कार्यसम्पदान मूल्यांकनमा पोखरा महानगरपालिका सबै भन्दा कमजोर

-


     क्लिक गण्डकी     
     फागुन ९ गते २०८० मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा महानगरपालिका

पोखरा, ९ फागुन/ आर्थिक वर्ष २०७९/८०को पोखरा महानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक नतिजा कमजोर देखिएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार ६ वटा महानगरमा पोखरा महनगरपालिका सबै भन्दा कमजोर देखिएको हो ।

आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेश र स्थानीयतहको मूल्यांकन गरेको छ ।

आयोगको मूल्यांकनमा सबैभन्दा धेरै अंक भतरपुर महानगरले ल्याएको छ भने सबैभन्दा कम अंक पोखरा महानगरपालिकाले पाएको छ । भरतपुर महानगरपालिकाले ५६ दशमलब २९ प्राप्त गर्दा पोखरा महानगरपालिकाले २० दशमलव ७४ अंक पाएको छ ।

त्यसै गरी काठमाडौं महानगरपालिकाले ३९ दशमलव २, वीरगञ्ज महानगरपालिकाले ३३ दशमलव ४९, विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५ र ललितपुर महानगरपालिकाले २५ दशमलव १८ अंक पाएका छन् ।



Tags: