समाचार

रवि लामिछाने सहित १८ जनाविरुद्ध सहकारी पीडितले कास्की प्रहरीमा जाहेरी बुझाए

रवि लामिछाने
पोखरा, २२ माघ/ रास्वपा सभापति रवि लामिछाने सहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले कास्की प्रहरीमा जाहेरी बुझाएका छन् । उनीहरूको जाहेरी प्रहरीले बुझेको छ तर दर्ता भएको छैन । जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन् । संस्थाहरूमा नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा गु्रप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्ध पनि आरोप छ ।… पुरा पढौ

पोखरामा रातो मच्छिन्द्रनाथ र भोटो जात्राको ऐतिहासिक फोटो प्रदर्शनी

पोखरामा रातो मच्छिन्द्रनाथ र भोटो जात्राको ऐतिहासिक फोटो प्रदर्शनी
पोखरा, २२ माघ/ पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे जानकारीसहितको ऐतिहासिक फोटो प्रर्दशनी सुरु भएको छ । संग्रहालयको २१ औं स्थापना दिवसको अवसरमा पाटन दरबार संग्रहालय र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा ऐतिहासिक फोटो प्रदर्शनीमा राखेको हो । रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे ऐतिहासिक फोटो प्रदर्शनी माघ २८ गतेसम्म चल्नेछ । पोखराको रातोपैह्रामा रहेको फोटो प्रदर्शनीलाई पोखरा महानगर प्रमुख धनराज आचार्य र ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा पोखरा महानगरका… पुरा पढौ

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट माधव बराल पुरस्कृत, मीना गुरूङ र हुम गुरूङ सम्मानित

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट माधव बराल पुरस्कृत, मीना गुरूङ र हुम गुरूङ सम्मानित
पोखरा, २२ माघ/ प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी, कास्कीले पुरस्कार र सम्मान अर्पण समारोह सम्पन्न गरेको छ । संस्थाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८० पूर्व अध्यक्ष माधव बराललाई प्रदान गरिएको छ । यस्तै, प्रेस चौतारी पत्रकारिता सम्मान मीना गुरूङ र हुम गुरूङलाई अर्पण गरिएको छ । प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका बराललाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । सम्मानितद्वय र पुरस्कृत व्यक्तित्वलाई नेकपा एमालेका स्थायी… पुरा पढौ

पोखरामा जुवा र लुडो खेल्ने १२ जना पक्राउ

जुवा तास
पोखरा, २१ माघ/ कास्की प्रहरीले पोखरामा जुवा र लुडो खेल्ने १२ जनालाई पक्राउ गरेको छ । पोखरा १२ अमरसिंह प्रगतिनगरमा ७ जना जुवा खेल्दै गरेका र पोखरा ११ लेकसाइडमा लुडो खेल्दै गरेका ५ जनालाई पक्राउ गरेको छ । पोखरा १२ अमरसिंह प्रगतिनगरमा टोलमा डेरा गरी बस्ने नर बहादुर गुरुङको कोठामा जुवा खेलिरहेका ७ जनालाई २१२ पत्ती तास र नगद ६४ हजार ८ सय ९५ रुपैसा सहित पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । त्यसै गरी पोखरा ११ धरहरा मार्ग… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमै सूचारु गर्न माग गर्दै दबाब ¥याली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमै सूचारु गर्न माग गर्दै दबाब ¥याली
पोखरा, २१ माघ ‘ऋण जाल चाहिँदैन, पोखरा मास्न पाइँदैन’आइतवार पोखरा सभागृह अगाडि यो नारा व्यापक रुपमा गुञ्जाइयो । नारासँगै ¥यालीमा सहभागीले बोकेका प्लेकार्डमा लेखिएको थियो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर, वी.आर.आइ. ऋणलाई अनुदानमा परिणत गर, विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर । यो सबै कुराको जाँचोपाँजो राष्ट्रिय एकता अभियान पोखराले मिलाएको थियो । यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रको अन्तर्राष्ट्रिय भएको भन्दै अभियानले पोखरामा दबाब ¥याली निकालेको हो । पोखराको सभागृहबाट शुरु भएको ¥याली पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत… पुरा पढौ

गण्डकीमा दुई जिल्लामा सीमित ‘रुट परमिट’ खारेज

गण्डकीमा दुई जिल्लामा सीमित ‘रुट परमिट’ खारेज
पोखरा, १९ माघ/ गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो । प्रदेश सरकारले बिहीबार राजपत्रमा प्रकाशन गरेको नियमावली कार्यान्वयनमा आएसँगै दुई जिल्लामा सीमित गरिएको रुट परमिट खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। गण्डकीमा सञ्चालन हुने जीप र ट्याक्सीमा लागू गरिएको दुई जिल्ला परमिटको अव्यावहारिक नीतिगत व्यवस्था खारेज भएको भौतिक पूर्वाधार… पुरा पढौ

बेलायतमा आगलागीमा परी पोखराका दिदीबहिनीको मृत्यु

बेलायतमा आगलागीमा परी पोखराका दिदीबहिनीको मृत्यु
पोखरा, १९ माघ / स्कटल्यान्डको एबर्डिनमा आगलागीमा परी पोखराका दुई नेपाली दिदीबहिनीको निधन भएको छ । ब्याक हिल्टन रोडमा बस्दै आएका पोखराका २८ वर्षीया आँचल सुबेदी र २४ वर्षीया शिक्षा सुबेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको हो । उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुबेदीका छोरी हुन् । आगलागीका कारण निस्किएको धुँवाको मुस्लोमा निसास्सिएर सुबेदी दिदीबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ । आँचल… पुरा पढौ

पर्वतीय संग्रहालय दिवसका अवसरमा पोखरा रातो मच्छिन्द्रनाथ र हनुमान ढोकाको तस्वीर प्रदर्शन हुने

पर्वतीय संग्रहालय दिवसका अवसरमा पोखरा रातो मच्छिन्द्रनाथ र हनुमान ढोकाको तस्वीर प्रदर्शन हुने
पोखरा, १८ माघ/ २१ औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवसको अवसरमा पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ । माघ २१ गतेदेखि २८ गतेसम्म संग्रहालयले ती ऐतिहासिक तस्वीर पोखरामा एक हप्तासम्म प्रदर्शन गर्ने चाँजो मिलाएको हो । संग्रहालय निर्देशक निर्मला न्यौपानेले पर्वतीय संग्रहालय दिवसको अवसरमा उक्त फोटो प्रदर्शनी पाटन संग्रहालय विकास समिति र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा गर्न लागेको जानकारी दिइन् । सो अवसरमा रातोमच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत… पुरा पढौ

लेकसाइडमा पर्यटकलाई दुःख दिने ६ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, १८ माघ/ पोखराको लेकसाईडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुका करिब ८ बजेको समयमा पोखरा ६ लेकसाइडको हल्लनचोक एरियामा पर्यकटहरुलाई दुःख दिने, बाटो छेक्ने, निजहरुको व्याग तान्ने, होटल मिलाई दिन्छौ भनी पैसाको बार्गेनिङ गर्दै गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुलाई प्रहरीले सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने कार्य गरेको भन्ने आरोप लगाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराका सुदिप अर्याल, सन्दिप गिरी, सुमन शर्मा, नेत्र… पुरा पढौ

प्रेस चौतारी पत्रकारिता पुरस्कार माधव बराललाई, मीना गुरुङ र हुम गुरुङलाई सम्मान

प्रेस चौतारी पत्रकारिता पुरस्कार माधव बराललाई, मीना गुरुङ र हुम गुरुङलाई सम्मान
पोखरा, १६ माघ/ प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र… पुरा पढौ