पोखरामा आज (शुक्रबार) केही क्षेत्रको विद्युत अवरुद्ध हुने

-


     क्लिक गण्डकी     
     फागुन ११ गते २०८० मा प्रकाशित


विद्युत अवरुद्ध

पोखरा, ११ फागुन/ पोखरा १३२/११ के भी सव स्टेशन कुँडहरमा भूमिगत केवल बिछ्याउने कार्यका लागि विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण ‌पोखरा वितरण केन्द्र पोखराले जानकारी दिएको छ ।

तातोपानी तथा फेवा फिडर नजिक कार्य गर्नु पर्ने भएका हुनाले सो फिडरहरू (आज) शुक्रबार बिहान १० बजेदेखि दिउसो २ बजेसम्मको लागि सो फिडरहरु आवश्यकता अनुसार तथा अन्य फिडर समेत केही बेरको लागि अबरुद्ध हुने जनाएको छ । ‌

पोखरा १३२/११ के भी सव स्टेशन कुँडहरमा भूमिगत केवल बिछ्याउने कार्य (Underground Cabling) को लागि तातोपानी तथा फेवा फिडर नजिक कार्य गर्नु पर्ने भएका हुनाले सो फिडरहरू मिति २०८०-११-११ गते शुक्रबार बिहान १० बजेदेखि दिउसो २ बजेसम्मको लागि सो फिडरहरु आवश्यकता अनुसार तथा अन्य फिडर समेत केही बेरको लागि अबरुद्ध गरी काम हुने सबै ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ ।

‌‌सेवा अबरुद्धको लागि समस्त ग्राहक वर्गहरूप्रति क्षमा प्रार्थी छौ ।

‌नेपाल विद्युत प्राधिकरण

‌पोखरा वितरण केन्द्र

‌मालेपाटन।



Tags: