समाचार

पोखरामा बच्चाको कानको मुन्द्रा चोरेको आरोपमा एक जना पक्राउ

पोखरामा बच्चाको कानको मुन्द्रा चोरेको आरोपमा एक जना पक्राउ
पोखरा, २६ पुस/ पोखरामा ६ वर्षीय एक बालिकालाई फकाएर कानको मुन्द्रा र घरमा राखेको खुत्रुकेको पैसा चोरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा ४, गणेशटोल बस्ने ३४ वर्षीय टीका श्रेष्ठ हुन् । श्रेष्ठले पुस २० गते पोखरा महानगर १२, शीतलादेवीमा एक बालिकाको सुनको मुन्द्रा तथा खुत्रुकेमा रहेको २ हजार २ सय ४० रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए । श्रेष्ठलाई चोरी गरेको… पुरा पढौ

काँग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक

लक्ष्मी सुन्दरी कर्माचार्य
पोखरा, २६ पुस/ नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक परेको छ । उहाँकी ७० बर्षीय आमा लक्ष्मी सुन्दरी कर्माचार्यको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित भएपनि पछिल्लो समयमा भने हृदयघातका कारण मृत्यु भएको हो । उहाँका पति चन्द्रकृष्ण कर्माचार्य, एक छोरा माइकल कर्माचार्य, छोरीहरु रेखा र नितु कर्माचार्य छन् भने दुई नाति र तिन नातिनी छन्।स्व् लक्ष्मी सुन्दरी कर्माचार्यका पति चन्द्रकृष्ण कर्माचार्य पोख्रेली औद्योगिक… पुरा पढौ

घर जग्गा कर घटाउने एजेन्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित

पोखरा महानगरपालिका
पोखरा, २५ पुस/ पोखराको घर जग्गा कर घटाउने एजेन्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित भएको छ । मंगलबार बन्ने भनिएको कार्यपालिका बैठक कर घटाउने एजेन्डा नराखेपछि नेपाली काग्रेसबाट वडाध्यक्ष भएकाहरु बैठकमा सहभागीता नजाउने भने भने पछि बैठक स्थगित भएको हो । पोखरा महानगरपालिकामा कांग्रेसका वडाध्यक्षहरूको बहुमत छ । २२ जना वडाध्यक्ष रहेको कांग्रेसले मंगलबार बस्ने भनेको कार्यपालिका बैठकमा कर घटाउने एजेन्डा राख्न सुझायो । तर महानगरले कर घटाउने बारेको एजेन्डा बैठकमा राखेन । एजेन्डा नै समावेश नभएपछि कांग्रेसका वडाध्यक्षहरूले बैठकमा… पुरा पढौ

पोखरामा गाईलाई व्यवस्थापन गर्न गौशाला, उद्घाटनको तयारी

पोखरामा गाईलाई व्यवस्थापन गर्न गौशाला, उद्घाटनको तयारी
पोखरा, २४ पुस/ पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाम (गौशाला) को बिहीबार उद्घाटन गरिने भएको छ । सुविधा सम्पन्न गौशालाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखराको पुरानो ल्यान्डफिल साइटमा अहिले गौशाला निर्माण गरिएको छ । १ वर्षदेखि सञ्चालन गरिएको गौशालामा २ सय बढी गाईबस्तुहरू संरक्षित छन् । उद्घाटनसँगै राष्ट्रिय परोपकार महासङ्घको स्थापना दिवसका अवसरमा सप्ताह व्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ पनि सञ्चालन गर्ने तयारी गरिएको महासङ्घका… पुरा पढौ

पोखराको प्याराग्लाइडिङ शुल्कः १२ हजारबाट तीन हजार रुपैयामा घट्यो

प्याराग्लाइडिङ
पोखरा, २३ पुस/ पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ । अहिले कम्पनिले ३ देखि ६ हजार रुपैयाँमा उडाउन थालेका छन् । यो शुल्क केहीदिन अघिसम्म १२ हजार रुपैयाँ थियो । प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा केहीदिन अघि प्याराग्लाइडिङ उडान रोकिएको थियो । नेपाल हवाई खेलकुद संस्था (ना), प्याराग्लाइडिङ कम्पनी र पाइलटबीच विवादका कारण झन्डै दुइसातासम्म उडान अवरुद्ध भएको थियो । खुला बजार नीति अनुसार व्यावसायीले मूल्य तोकेर… पुरा पढौ

लेखनाथमा दुई जनाको ज्यान जाने गरी ठक्कर दिने कारका चालक पुर्पक्षका लागि थुनामा

लेखनाथ दुर्घटना हुदाँ दुई जनाको मृत्यु
पोखरा, २२ पुस/ पोखरा महानगरपालिकाको लेखनाथमा मंसिर २४ गते कार ठक्करबाट स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको घटनामा कार चालक मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलन भएका छन् । सवारी ज्यानसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए । घटनामा डिल्लीराम बराल समेतले कार चालक बानियाँलाई विपक्षी बनाई उजुरी दिएका थिए । पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजमा अध्ययनरत् पोखरा २५, हेमजाकी २३ वर्षीया अनिशा खड्का… पुरा पढौ

पत्रकार महासंघ कास्कीमा विषयवस्तु लेखन तालिम

पत्रकार महासंघ कास्कीमा विषयवस्तु लेखन तालिम
पोखरा, २२ पुस/ नेपाल पत्रकार महासंघ कास्कीले विषयवस्तु लेखन तालिम सुरु गरेको छ । आइतबार देखि महासंघको सभाहलमा सुरु भएको तालिम सोमबार सम्म चल्नेछ । तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल रहेका छन् । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव समेत सुनाउनेछन् । आइतबार भएको सेसनमा मोदनाथ ढकालले मिडिया नीति बनाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनका अनुसार समाजले अपेक्षा गरेका विषयवस्तु मिडियामा आउनुपर्छ । प्रतिस्पर्धाले… पुरा पढौ

पोखरा जुवातास खेल्दै गरेका ८ जना पक्राउ

जुवा तास
पोखरा, २२ पुस/ कास्की पोखरा महानगरपालीका वडा नम्बर १२ चापापानी स्थित मैत कुमारी गुरुङले जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ८ जनालाई पक्राउ गरेको छ । प्रहरी टोलिले जुवातास खेली रहेका उनीहरुको साथबाट ४ बुक तास र नगद १ लाख ३५ हजार ९ सय ८५ रुपैया सहित पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । पक्राउ परेका लागि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने)… पुरा पढौ

महिला र बालिकालाई यौनशोषण क्रियाकलापमा संलग्न गराएको आरोपमा ३ जना पक्राउ

महिला र बालिकालाई यौनशोषण क्रियाकलापमा संलग्न गराएको आरोपमा ३ जना पक्राउ
पोखरा, २१ पुस /महिला र बालिकालाई यौनशोषण क्रियाकलापमा संलग्न गराएको आरोपमा कास्की प्रहरीले ३ जनालाई गरेको छ । पोखरा ८, जाल्पारोडमा काभ्रेली खाजाघरका सञ्चालकले २ महिला तथा १ बालिकालाई शौनशोषण कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । उनीलाई बाहिर लैजान अवस्थामा कास्की प्रहरीले २ दिनअघि उनीहरुको उद्धार गरेको जनाएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले खाजाघरका सञ्चालक पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रवीण गुरुङ, पर्वत घर भइ काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा १७… पुरा पढौ

विन्ध्यबासिनी दुई लाख राशीको श्रीपती समाजसेवा पुरस्कारबाट पुरस्कृत

विन्ध्यबासिनी दुई लाख राशीको श्रीपती समाजसेवा पुरस्कारबाट पुरस्कृत
पोखरा, २१ पुस/ श्रीपती समाज सेवा पुरस्कारबाट शनिबार पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समेत समर्पित विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको हो । श्रीपती कोईराला गुठीको ३१ औं साधारण सभाको अवसरमा समितिलाई पुरस्कार अर्पण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोईराला लगायतले विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्य सचिव… पुरा पढौ