समाचार

‘टिकटक बन्द गर्नु कानुनभन्दा बाहिरको विषय हो, यसलाई नखोली सुखै छैन’

‘टिकटक बन्द गर्नु कानुनभन्दा बाहिरको विषय हो, यसलाई नखोली सुखै छैन’
पोखरा, ५ फागुन/ नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको करिब साढे ३ महिना हुन लाग्यो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ गते त्यसलाई बन्द गरेको जनाएको थियो । त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दा अझै विचाराधीन छ । पछिल्लो पटक टिकटकले नै सरकारलाई पत्र लेख्दै सर्त मान्न तयार रहेको बताएको छ । टिकटक बन्द गर्ने सरकारको निर्णयलाई केहीले समर्थन जनाए । केही सरकारको… पुरा पढौ

फेरी बढ्यो पेट्रोल–डिजेलको मूल्य, पोखरामा कति ?

नेपाल आयल निगम
पोखरा, ३ फागुन/ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई÷दुई रूपैयाँ बढाएको जनाएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १५९ रूपैयाँ… पुरा पढौ

ड्युटीमा रहेकी प्रहरीको गोली हानी हत्या

दाङ, ३ फागुन/ दाङमा एक प्रहरीको गोली हानी हत्या भएको छ । महिला प्रहरीलाई उनकै श्रीमानले गोली हानी हत्या गरेका छन् । घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमान्ले गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेका हुन् । यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरा पढौ

पोखरामा सरकारी छाप र जरायोको सिङसहित ३ जना पक्राउ

पोखरामा सरकारी छाप र जरायोको सिङसहित ३ जना पक्राउ
पोखरा, ३ फागुन/ पोखरामा सरकारी कार्यालय, संघ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जंगली जनावरको सिंङ सहित ३ जना पक्राउ परेका छन् । पोखरा १९, पुरनचौर घर भई पोखरा ९ नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र पोखरा ९ का विवेक श्रेष्ठ रहेका छन् । उनीहरू सरकारी छाप कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ । पोखरा नयाँबजारमा रहेको ब्लू होम डेकोर पसलमा विभिन्न सरकारी कार्यालयहरु, वडा… पुरा पढौ

फागुन ४ गते सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २ फागुन/ गण्डकी प्रदेश स्थापनाको अवसरपारेर प्रदेश सरकारले फागुन ४ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना जारी गर्दै शुक्रबार बिदा दिइएको जनाएको हो । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको कार्यालयका प्रवक्ता उपसचिव प्रवीण ढकालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । २०७४ फागुन ४ मा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सपथ ग्रहण गरी पदभार गरेको दिनलाई सरकारले स्थापना दिवसरुपमा मनाउँदै आएको छ । पुरा पढौ

प्रणय दिवसमा प्रकट पंगेनीका प्रणय गजल माई ओल्ड हाउस क्याफेमा

प्रणय दिवसमा प्रकट पंगेनीका प्रणय गजल माई ओल्ड हाउस क्याफेमा
पोखरा, २ फागुन/ प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डेको अवसरमा पोखराको माई ओल्ड हाउस क्याफेमा विषेश कार्यक्रमको आयोजना गरेको छ । प्रणय गजलकारका रुपमा चिनिएका प्रकट पंगेनीले युवायुवतीलाई प्रणय गजल सुनाएर मनोरञ्जन दिने छन् । माई ओल्ड हाउस र इन्सासको संयुक्त आयोजनामा भ्यालेन्टान्इन्स डेको अवसरमा हुन लागेको हो । पोखरा ७ बुलौदीमा रहेका क्याफेमा आज बेलुकी ७ बजे पछि गजल बाचन हुनेछ । प्रकट पंगेनिले पुराना तथा नयाँ गजलहरु बाचन गर्ने क्याफेका सञ्चालक किशोर सुबेदीले जानकारी दिए । पुरा पढौ

पोखरामा ६/६ किलो सुन र चाँदी तथा ६३ लाख नगद सहित एक जना पक्राउ

पोखरामा ६÷६ किलो सुन र चाँदी तथा ६३ लाख नगद सहित एक जना पक्राउ
पोखरा, १ फागुन/ पोखरामा ६ किलो सुन, ६ किलो चाँदी र करिब ६३ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २ मोहरिया बस्ने भारतीय नागरिक सुरजित भौमिकलाई सुन र नगद रुपैयाँ सहित पक्राउ गरेको हो । मंगलबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । भारतको पश्चिम बंगाल मेदिनिपुर दासपुर–११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो… पुरा पढौ

रवि लामिछानेको सुझाबपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पीडितलाई न्याय दिन सक्रिय छु

रवि लामिछानेको सुझाबपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पीडितलाई न्याय दिन सक्रिय छु
काठमाडौँ, १ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताउनुभएको छ। मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ुयो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि… पुरा पढौ

मित्रमिलन सहकारी ठगी प्रकरणः हरेराम भण्डारी धरौटीमा रिहा

मित्रमिलन सहकारी
पोखरा, २९ माघ/ पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा हरेराम भण्डारीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । फरार प्रतिवादी भण्डारी आफैं कास्की जिल्ला अदालतमा हाजिर भएकोमा उनलाई सोमबार न्यायाधीश महेन्द्रबहादुर थापा क्षत्रीको इजलासले ७ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । ३१ करोड रुपैयाँ भन्दा बढि हिनामिना गरिएको भन्दै बचतकर्ताले प्रहरीमा उजुरी दिएकोमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । हालसम्म १३ जना पक्राउ परेका छन् । तीमध्ये ६ जना पुर्पक्षका लागि जेल चलान भएकामा… पुरा पढौ

यात्रुहरुलाई जवरजस्ती झोला तानी दुःख दिने चारजना पोखरामा पक्राउ

यात्रुहरुलाई जवरजस्ती झोला तानी दुःख दिने चारजना पोखरामा पक्राउ
पोखरा, २९ माघ/ शनिबार पोखरा महानगरपालिका वडा ९ पृथ्वीचोक स्थित बसपार्कबाट प्रहरीले यात्रुहरुलाई जवरजस्ती झोला तानी दुःख हैरानी दिने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला भिमाद नगरपालिका २६ बर्षीय सागर क्षेत्री, पोखरा महानगरपालिका वडा नम्बर ३२ का २४ का राजन खत्री, जिल्ला पर्वत महाशिला गाँउपालिका वडा ४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा १४ खाल्टेमशिना बस्ने बर्ष १९ को सुनिल मल्ल र जिल्ला कास्की पोखरा महानगरपालिका वडा १५ बस्ने बर्ष १९ का अमृत सुनार… पुरा पढौ