त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     फागुन २३ गते २०८० मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २३ फागुन/ धादिङ गजुरीको गलौदीस्थित सडकबाट बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुबाट काठमाडौं जादै गरेको यात्रुबाहक बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको प्रहरीको भनाई छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली प्रहरी र स्थानीयले उद्धार गरेका छन् ।