अमेरिकामा लाटोकोसेरो महोत्सवः नेपालका लाटोकोसेरो उद्धारका फोटो तथा संरक्षण भिडियो प्रदर्शनी

-


     क्लिक गण्डकी     
     फागुन २० गते २०८० मा प्रकाशित


Owl center director karla - bloem- riciving token of love-by krishna mani baral

Owl center director karla - bloem- riciving token of love-by krishna mani baral

मिनेसोटा, २० फागुन/ अमेरिकको मिनोसोटा प्रदेश स्थित हुस्टन सहरमा २२ औं संस्करणको अन्तर्राष्टिय लाटोकोसेरो महोत्सव भएको छ । २७ वर्ष अघि घाइते अवस्थामा फेला परेको ग्रेट हर्न आवल प्रजातिको लाटोकोसेरोको बच्चा उद्धार गरेर उपचार गरिएको थियो ।

पखेटा भाँचिएर उड्न नसक्ने अवस्थामा रहेको लाटोकोसेरोको नाम एलिक राखिएको छ । त्यही लाटोकोसेरोले अण्डा कोरेलेको दिन पारेर सन २००३ देखि अमेरिकाको मिनेसोटा स्थित हुस्टन सहरमा अन्तर्राष्टिय लाटोकोसेरो महोत्सव आयोजना हुर्दै आएको छ ।

३ हप्ताको बच्चा अवस्थामा एलिक गुडबाट खसेर घाइते भएकी थिइन् । पखेटामा गहिरो चोट लागेर घाइते भएकी एलिक प्रकृतिमा फर्कन नसकेपछि २७ वर्ष देखि अहिले पनि संरक्षण गरेर राखिएको इन्टरनेशनल आवल सेन्टरकी निर्देशक कार्ला ब्लुम( प्बचबि द्ययिझ० ले बताइन् ।

घाइते एलिक उड्न नसक्ने भएकीले प्रकृतिमा फर्कन सक्दिनन । उनलाई तालिम दिएर विद्यार्थीलाई लाटोकोसेरोको महत्वका बारेमा संरक्षण शिक्षा दिन र उल्लुको उपस्थितीले पर्यावरणमा हुने महत्वपूर्ण योगदानका विषयमा जानकारी दिने काम २०१८ सम्म गरिएको उनले सुनाइन् । अहिले भने उनि रिटायर भएको बताइएको छ ।

महोत्सवमा यसरी नै बिभिन्न समयमा घाइते अवस्थामा फेला परेर उद्धार गरि उपचार गर्दा प्रकृतिमा फर्कन नसकेका ग्रेट हर्न प्रजाति, स्नो आवल प्रजाति लगायतका ७ प्रजातिका लाटोकोसेरो प्रत्यक्ष रुपमा देखाएर लाटोकोसेरोको महत्व, उद्धार गर्ने तरिका लगायतका विषयमा जानकारी मुलक शैक्षिक प्रदर्शनी गरिएको छ ।

सम्बन्धित सरकारी निकाय संग अनुमति लिएर यसरी लाटोकोसेरो संरक्षण उत्सवमा शैक्षिक प्रदर्शनी हुँदै आएको आयोजकले बताएका छन् । महोत्सवमा बिभिन्न देशका अनुसन्धान कर्मी, वैज्ञानिक, संरक्षण कर्मीहरुले लाटोकोसेरोको महत्वका बारेमा प्रस्तुती दिइरहेका छन् ।

लाटोकोसेरो संरक्षण सम्बन्धि सांस्कृतिक कार्यक्रम, बालबालिका बीच उल्लुको आवाज निकाल्ने प्रतियोगिता, बिभिन्न खेलकुद प्रतियोगिता पनि भएको छ । महोत्सवमा चेक एकेडेमी अफ साइन्स इन्सिटच्युट अफ भेर्टेब्रेट बायोलोजीका लिटिल ओउल अनुसन्धान कर्ता वैज्ञानिक मार्टिन सोलेकले ( म्च। ःबचतष्ल Šáभिप ० लाटोकोसेरो महत्व, संरक्षणका विषयमा गरिएको अनुसन्धानमा आधारित भएर प्रस्तुती दिएका छन् । लाटोकोसेरो, चरा अनुसन्धान कर्मी, विज्ञहरुले संरक्षणका विषय समेटिएर प्रस्तुती दिएका थिए ।

लाटोकोसेरो संरक्षण महोत्सवमा ३३ देशबाट लगभग ४ हजार सहभागीले पठाएका उल्लु कलाको प्रदर्शनी भएको छ । मिनेसोटाको सहर नै यति बेला महोत्सव मय भएको छ । महोत्सव वरपरका घर, रेस्टुरेन्ट, चोकमा लाटोकोसेरो संरक्षण जनचेतना मुलक फोटो, पोस्टर राखिएको छ । महोत्सवमा युवा, विद्यार्थी, हजुरबा, हजुर आमा पुस्ताको बाक्लो उपस्थिती रहेको थियो ।

महोत्सवमा ३ हजार भन्दा धेरैको सहभागीता रहने आयोजकले बताएका छन् । महोत्सव आज सम्म चल्ने छ । महोत्सवमा सहभागी ७९ वर्षिय डग्लस थमसनले लाटोकोसेरो महोत्स्व सहरको पहिचान भएको बताए । महोत्सवकै कारण पर्यापर्यटनको विकासको साथै लाटोकोसेरो लगायत बिभिन्न प्रजातिका चरा र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुगेको उनले सुनाए ।

नेपालमा पनि लाटोकोसेरो संरक्षण उत्सव हुँदे आएको छ । गत माघ महिनाको १९ र २० गते पर्वत जिल्लाको जलजला गाउँपालिकाको लेकफाँटमा दुई दिने नेपाल लाटोकोसेरो उत्सव भएको थियो । अमेरिकामा भएको अन्तर्राष्टिय लाटोकोसेरो महोत्सवमा पर्वतमा भएको ११ औं संस्करणको लाटोकोसेरो उत्सव समेत समेटिएर बनाइएको डकुमेन्टी प्रर्दशनी गरिएको छ । प्रकृतिका साथीहरु नामक संस्थाले नेपालमा लाटोकोसेरो संरक्षण उत्सव गर्दै आएको छ ।

अमेरिकामा अध्ययन गरेर नेपाल फर्केपछि वन्यजन्तु, चराका बिभिन्न प्रजातिको अनुसन्धानका क्रममा लाटोकोसेरोको अवैधरुपमा बिभिन्न देशमा व्यापार हुने पाइएपछि नेपालमा लाटोकोसेरो संरक्षण उत्सव सुरु गरिएको लामो समय देखि वन्यजन्तु, चरा संरक्षणमा क्रियाशिल राजु आचार्यले बताए ।

अमेरिकामा भएको लाटोकोसेरो महोत्सवले पनि नेपालमा लाटोकोसेरो संरक्षण उत्सव गर्न प्रेर्णा मिलेको उनले सुनाए । सन् २०१२ मा अमेरिकामा भएको अन्तर्राष्टिय लाटोकोसेरो महोत्सवमा संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै आचार्यलाई अवार्ड पदान गरिएको थियो ।

अन्तर्राष्टिय महोत्सवमा बरालका नेपाल चिनाउन भिडियो र फोटो प्रदर्शनी

महोत्सवमा नेपालका तीन प्रजातीका लाटोकोसेरोको उद्धार गरिएका फोटो कथाको प्रदर्शनीको साथै नेपालको जैविक विविधता, पर्यापर्यटनको गन्तव्य, उल्लु संरक्षणका गतिविधी र नेपाल लाटोकोसेरो उत्सव समेटिएका डकुमुन्टी प्रदर्शन भएको छ ।

पत्रकार तथा संरक्षणकर्मी कृष्णमणि बरालले बिभिन्न समयमा बिभिन्न प्रजातिका लाटोकोसेरो उद्धार गर्दा खिचेका तस्बिर तथा भिडियो अन्तर्राष्टिय लाटोकोसेरो महोत्सवमा प्रदर्शन गरेका हुन ।

तीन दिने महोत्सवमा बरालले नेपालमा हुँदै आएका लाटोकोसेरो तथा हुचील उत्सव, चरा उत्सव जस्ता कार्यक्रमले चरा, वन्य जन्तु संरक्षण विषयमा जनस्तरमा महत्वपूर्ण सन्देश जानुको साथै संरक्षणमा योगदान पुग्दै आएको बताए । क्षेत्रफलका हिसाबले नेपाल सानो छ तर जैविक विविधताको हिसावले समथर तराई देखि विश्वकै उच्च सगरमाथाको देश नेपाल विश्वमै धनी रहेको बरालले कार्यक्रममा बताए ।

नेपालमा ८९२ प्रजातिका चरा पाइन्छन् । नयाँ प्रजातीका चरा थपीन्े र पहिले रेकर्ड भएका केही प्रजातिका चरा लोप हुने अवस्था रहेको नेपालमा भइरहेको चरा अनुसन्धानबाट देखिएको छ । नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन् । अन्तर्राष्टिय लाटोकोसेरो महोत्स्व भइरहेको देश अमेरिकामा १९ प्रजातिका लाटोकोसेरो पाइने महोत्सवमा बताइएको छ ।

ग्लोवल वामिङका कारण नेपालका सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएको छ । पानी नपर्ने स्याडो रेन जोन भनेर चिनिएका हिमालपारीका जिल्ला मनाङ, मुस्ताङमा पानी पर्ने, बाढी आएर धनजनको क्षति पुग्ने अवस्था आएको छ । अमेरिकाको मिनेसोटा स्थित हुस्टन सहरमा मार्च महिनामा ७ देखि १५ फिट सम्म हिउँ पर्ने समय हो ।

यस वर्ष जीवनमै पहिलो पटक हिउँ नै नपरेको स्थानीयले बताएका छन् । हिउँ नपर्दा कृषि उत्पादनमा असर पर्ने, वन्यजन्तु र मानव जीवनमा पनि नकरात्मक असर पर्ने प्रति स्थानीय चिन्तित छन् । जीवनमै यस अघि यो समयमा यस्तो न्यानो मौसम र हिउँ बिहीन वर्ष कहिल्यौ नदेखेको स्थानीय ७९ वर्षिय डग्लस थमसनले सुनाए ।