समाचार

गायक भक्तराज आचार्यको निधन

गायक भक्तराज आचार्यको निधन
पोखरा, १४ फागुन/ गायक भक्तराज आचार्यको सोमबार निधन भएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा लैजाने क्रममा निधन भएको हो । आचार्यको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।१९९९ सालमा धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए । उनका ’हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ’ लगायत गीत चर्चित छन् । २०४६ साल दुर्घटनामा परेपछि आचार्यले स्वर गुमाएका थिए । उनका ४ सय भन्दा बढि गितहरु रेकर्ड भएका छन् । पुरा पढौ

पोखराको सेती नदीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु, एक बेपत्ता

पोखरा, १४ फागुन/ पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ भने अन्य एकको खोजी कार्य जारी छ । माछा मार्न गएका ५ जनामध्ये महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङको शव ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टिमले निकालेको हो । टोलीले गए राती पौने १… पुरा पढौ

ठगी मुद्दामा पोखराका २१ वडा अध्यक्षलाई म्याद थप

दिपक प्रसाद सुबेदी
पोखरा, १४ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष दिपक प्रसाद सुबेदीलाई ठगी सम्बन्धी कसूर मुद्दामा म्याद थप भएको छ । ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका सुबेदीलाई फागुन ८ गते जिल्ला अदाल कास्कीको गेटबाट पक्राउ गरेको थियो । सुबेदीलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको कास्की प्रहरीले जानकारी दिएको छ । मित्रमिलन सहकारी ठगि काण्डमा उनलाई अदालतले धरौटिमा छाडेपछि प्रहरीले पक्राउ गरेको थियो । पुरा पढौ

कास्कीको मिर्सा भिरबाट खस्दा जर्मन पर्यटको मृत्यु

पोखरा, १३ फागुन/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । माछापुच्छ्रे १ मिर्सा भिरबाट लडेर जर्मन नागरिक पियाको मृत्यु भएको हो । उनी मिर्सा गाउँ झर्ने क्रममा शनिवार लडेर रुखमा अड्किएका र शव आइतबार बिहान निकालिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणबाट खटिएको टोलीले बिहान शव निकालेर पोखरा ल्याएको कास्की प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धानका लागि अमेरिकन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि जानकारी लिएर छाडेको छ… पुरा पढौ

अन्नपूर्ण गाउँपालिका लुम्ले गाउँमाथिको भिरमा आगोलागि

अन्नपूर्ण गाउँपालिका लुम्ले गाउँमाथिको भिरमा आगोलागी
पोखरा, १३ फागुन/ अन्नपूर्ण गाउँपालिकाको लुम्ले गाउँमाथिको भिरमा आगोलागि भएको छ । आइतबार दिऊसो लागेको आगो निभाउन कोशी भईरहेको स्थानीय विवेक देवकोटाले जानकारी दिए । उनले ठुलो आगो लागेका कारण नियन्त्रणमा लिन प्रशासनलाई अनुरोध गरेको बताए । आगो कसरी लाग्यो भन्ने बारे नखुलेको बताए । खडेरीका कारण विभिन्न आगोलागिका घटनाहरु बढेका छन् । पुरा पढौ

पोखरामा ८ लाखको सुनका गहना र नगद गहना चोरी गरेको आरोपमा तीन जना पक्राउ

चोरी
पोखरा, १२ फागुन/ पोखरा महानगरपालिका २६ विजयपुर सम्पदा टोलबाट करिब ८ लाख रुपैयाको सुनका गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । प्रहरीले फागुन १ गते सुनका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रकाउ गरेको हो । सुनका गरगहना चोरी गरेको आरोपमा स्याङ्जाको फेदिँखोला गाउँपालिका ३ घर भई पोखरा–२६ बस्ने विसन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी घर भई पोखरा २६ बस्ने अर्जुन नेपालीलाई पक्राउ गरको… पुरा पढौ

मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा

मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा
पोखरा, १२ फागुन/ नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ । गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलत भएर गजल सन्ध्या पुनर्गठित भएको छ । समितिको उपाध्यक्षमा कपिल शर्मा र सचिवमा उदीपराज ढुंगाना छन् । दुबै सन्ध्याको पूर्व अध्यक्ष थिए । कोषाध्यक्षमा यसअघिका सदस्य विष्णु सुवेदी… पुरा पढौ

पोखरामा कल बाइपास गर्ने उपकरण सहित दुई जना पक्राउ

पोखरामा कल बाइपास गर्ने उपकरण सहित दुई जना पक्राउ
पोखरा, ११ फागुन/ पोखरामा कल बाइपास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रहरी टोलीले दुई जनालाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका ४ घरभई हाल पोखरा ११ बस्ने २७ वर्षीय ईमरान अहमद र पर्सा घर भइ हाल सखुवापर्सौनी ५ स्थायी घर भई पोखरा ११ वर्ष ३७ वर्षीया बिशाल साह रहेका कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।… पुरा पढौ

पोखरा बसपार्कबाट ५ लाख बढीको अवैध सामानसहित एक जना पक्राउ

पोखरा बसपार्कबाट ५ लाख बढीको अवैध सामानसहित एक जना पक्राउ
पोखरा, ११ फागुन/ पोखरामा ५ लाख बढीको अवैध सामान र ट्याक्सी सहित सुरत बहादुर रानाभाट प्रकाउ परेका छन् । प्रहरीले रानाभाटलाई पोखरा बसपार्कबाट विल नभएका अवैध सामान सहित बिहीबार पक्राउ गरेको हो । रानाभाटले भाडामा लिएको घरबाट बिल नभएको ५ लाख २८ हजार ७ सय १० रुपैयाँ बराबरको बिल विनाको चुरोट, गुट्का, जुस लगायतका अवैध सामान र ग २ च ३७२ नम्बरको मारुती कारसहित पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । स्रोत नखुलेको अवैध विभिन्न चुरोट, गुट्का जुस लगायतका सामानहरु… पुरा पढौ

पोखरामा आज (शुक्रबार) केही क्षेत्रको विद्युत अवरुद्ध हुने

पोखरा, ११ फागुन/ पोखरा १३२/११ के भी सव स्टेशन कुँडहरमा भूमिगत केवल बिछ्याउने कार्यका लागि विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण ‌पोखरा वितरण केन्द्र पोखराले जानकारी दिएको छ । तातोपानी तथा फेवा फिडर नजिक कार्य गर्नु पर्ने भएका हुनाले सो फिडरहरू (आज) शुक्रबार बिहान १० बजेदेखि दिउसो २ बजेसम्मको लागि सो फिडरहरु आवश्यकता अनुसार तथा अन्य फिडर समेत केही बेरको लागि अबरुद्ध हुने जनाएको छ । ‌ पोखरा १३२/११ के भी सव स्टेशन कुँडहरमा भूमिगत केवल बिछ्याउने कार्य (Underground Cabling)… पुरा पढौ