
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका सुरेश पक्राउ
पोखरा, ३० फागुन/ बाल यौन दुव्र्यवहार कसूरमा पोखरामा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ८, सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।
उनले १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको जाहेरी आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार उनकै निवासबाट पक्राउ गरेको जनाएको छ ।
श्रेष्ठले सोमबार बिहान ७ बजेर ३० मिनेट जाँदा बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप छ ।
निजलाई बालबालिकाविरद्ध कसूर (बाल यौन दुव्र्यवहार) मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थपगरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।





