समाचार

रवि लामिछानेको सुझाबपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पीडितलाई न्याय दिन सक्रिय छु

रवि लामिछानेको सुझाबपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पीडितलाई न्याय दिन सक्रिय छु
काठमाडौँ, १ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताउनुभएको छ। मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ुयो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि… पुरा पढौ

मित्रमिलन सहकारी ठगी प्रकरणः हरेराम भण्डारी धरौटीमा रिहा

मित्रमिलन सहकारी
पोखरा, २९ माघ/ पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा हरेराम भण्डारीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । फरार प्रतिवादी भण्डारी आफैं कास्की जिल्ला अदालतमा हाजिर भएकोमा उनलाई सोमबार न्यायाधीश महेन्द्रबहादुर थापा क्षत्रीको इजलासले ७ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । ३१ करोड रुपैयाँ भन्दा बढि हिनामिना गरिएको भन्दै बचतकर्ताले प्रहरीमा उजुरी दिएकोमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । हालसम्म १३ जना पक्राउ परेका छन् । तीमध्ये ६ जना पुर्पक्षका लागि जेल चलान भएकामा… पुरा पढौ

यात्रुहरुलाई जवरजस्ती झोला तानी दुःख दिने चारजना पोखरामा पक्राउ

यात्रुहरुलाई जवरजस्ती झोला तानी दुःख दिने चारजना पोखरामा पक्राउ
पोखरा, २९ माघ/ शनिबार पोखरा महानगरपालिका वडा ९ पृथ्वीचोक स्थित बसपार्कबाट प्रहरीले यात्रुहरुलाई जवरजस्ती झोला तानी दुःख हैरानी दिने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला भिमाद नगरपालिका २६ बर्षीय सागर क्षेत्री, पोखरा महानगरपालिका वडा नम्बर ३२ का २४ का राजन खत्री, जिल्ला पर्वत महाशिला गाँउपालिका वडा ४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा १४ खाल्टेमशिना बस्ने बर्ष १९ को सुनिल मल्ल र जिल्ला कास्की पोखरा महानगरपालिका वडा १५ बस्ने बर्ष १९ का अमृत सुनार… पुरा पढौ

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख
पोखरा २९ माघ/ रोटरी दिवसको छेको पारेर पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । रोटरी वा रोट्याक्टलाई मात्र लक्षित गरेर नेपालमानै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ । फागुन ५ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा आयोजना हुने प्रतियोगिताको तयारीमा तीव्रता दिइएको स्टार्स स्टुडियो प्रालिको सञ्चालक जसमाया गुरुङ जसुले जनाइन् । नृत्य प्रतियोगितामा… पुरा पढौ

फागुन १ गते सार्वजनिक बिदा छैनः गृह मन्त्रालय

गृह मन्त्रालय
काठमाडौं, २९ माघ/ सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको जानकारी दिएको छ । सोमबार विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको छ । २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा गरेको थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा… पुरा पढौ

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको पनि कालोपत्रे शुरु

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको पनि कालोपत्र शुरु
पोखरा, २८ माघ/ पोखरा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्डको कालोपत्र शुरु भएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा काममा प्रगति नभएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक स्थलगत निरीक्षण गरेका थिए । काममा प्रगति नभएपछि ठेक्का तोड्नेसम्मको तयारीपछि निर्माण व्यवसायीले कामलाई तीव्रता दिएका छन् । पश्चिम खण्डमा हालसम्म एक दशमलव पाँच किमि खण्ड कालोपत्र भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको खण्डमा हालसम्म काम सुरु भएको दस दिनमा डेड किमि सडक कालोपत्र भएको छ । पश्चिम… पुरा पढौ

लेकसाईडका छ ठाउँमा चोरी गर्ने एक जना पक्राउ

लेकसाईडका छ ठाउँमा चोरी गर्ने एक जना पक्राउ
पोखरा, २८ माघ/ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा लेकसाईड स्थित विभिन्न छ वटा पसलहरुमा विभिन्न मितिमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरिएको । चोरी गरेको आरोपमा पक्राउ पर्नेमा पोखरा महानगपालिका वडा नम्बर १४ बस्ने २१ बर्षीय दिपेश परियार रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले निजलाई आफ्नै घर कोठामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको । मिती २०८०/१०/१३ गते बिहानको अ.०२.०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.५ जिरो कि.मी.स्थितमा… पुरा पढौ

चापाकोट सांस्कृतक महोत्सवमा पत्रकार गंगाधर पराजुली सम्मानीत

चापाकोट सांस्कृतक महोत्सवमा पत्रकार गंगाधर पराजुली सम्मानीत
पोखरा २७ माघ/ कास्कीको चापाकोटमा जारी महोत्सबमा चापाकोटमा जन्मिएर पत्रकारिता क्षेत्रमा राष्ट्रियस्तरमा पहिचान बनाएका ब्यक्तित्व गंगाधर पराजुलीलाई सम्मान गरिएको छ । चापाकोटमा जन्मिएर नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष एबम नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष रहेर नेपाली पत्रकारहरुको सेवा सुबिधा र पारिश्रमिकको सवालमा साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार पराजुलीलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । नेपाल प्रेस युनियनका केन्द्रीय उपध्यक्ष समेत रहेर काम… पुरा पढौ

पोखरा महानगरले बढाएको कर घटाउन सुझाब

पोखरा महानगरले बढाएको कर घटाउन सुझाब
पोखरा, २६ माघ/ पोखरा महानगरको चालु आर्थिक वर्षको कर नीतिले ठूला करदातालाई राहत पुगे पनि साना करदातामा मारमा परेको महानगरले गठन गरेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ । चालु आर्थिक वर्षमा महानगरले कर बढाएको भन्दै जनस्तरबाट तीव्र विरोध भएपछि पुस २९ गतेबाट सुरु भएको १४ औं नगर सभाले आर्थिक ऐन संशोधन गर्न समिति गठन गरेको थियो । पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा गठित अध्ययन टोलीले शुक्रबारको नगर सभामा प्रतिवेदन बुझाएको छ । टोलीले बुझाएको अध्ययन प्रतिवेदनमा न्यूनतम कर… पुरा पढौ

पोखरामा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जना प्रकाउ (भिडियो सहित)

पोखरामा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जना प्रकाउ
पोखरा, २५ माघ/ पोखरामा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर दिपका प्रकाश दिप गैरेलाई फोन तथा म्यासेज मार्फत हिन्दी भाषामा कुराकानी र एसएमएसबाट धम्काएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्वत कुश्माका ३६ बर्षीय लक्ष्मण दर्जी र ४२ बर्षीय दिपक बहादुर क्षेत्री रहेको कास्कीका प्रहरी प्रमुख एसपि महोन थापाले जानकारी दिए । उनीहरुलाइ बिहीबार सार्वजनीक गर्दै पोखरा ८ सिमलचौरमा बस्दै आएको… पुरा पढौ