समाचार

रसियाली नागरिकले पोखराबाटै राष्ट्रपतिको भोट हाल्न पाउने

रसियाली नागरिकले पोखराबाटै राष्ट्रपतिको भोट हाल्न पाउने
पोखरा, २० फागुन/ मार्च १५ देखि १७ सम्म हुने रसियाली राष्ट्रपति निर्वाचनका लागि नेपालबाट मतदान गर्न सकिने छ । मतदानका लागि पोखरा र काठमाडौंमा मतदानस्थल रहने नेपालस्थित रसियाली दुतावासले जानकारी दिएको छ । नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौंमा मतदानस्थल राख्ने रसियाली राजदुतावासका प्रतिनिधि अलेक्जेन्डर इभासेभले जानकारी दिए । पोखरामा मार्च १५ (चैत २) र काठमाडौंमा मार्च १७ (चैत ४ ) का दिन निर्वाचन हुनेछ । कर्मचारी तथा घुमघामका लागि आएका पर्यटकले राष्ट्रपतिका लागि… पुरा पढौ

मोडिफाइ गरिएका मोटरसाइकल चलाउन कास्कीमा निषेध

पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने ६ सय ८१ मोटर साइकल कार्वाहीमा
पोखरा, २३ फागुन/ कास्की प्रहरीले पोखरामा स्वरुप फेरिएका मोटरसाइकल चलाउन निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार एक सूचना जारी गरी स्वरुप फेरेर मोटरसाइकल चलाए कारबाही गरिने जनायो । स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, चर्को आवाजले ध्वनी प्रदुषण हुने, बिरामी, बृद्धबृद्धा, बालबालिका, विद्यार्थीहरु तथा संवेदनशील क्षेत्र (स्कूल तथा अस्पताल) मा प्रत्यक्ष असर गर्ने सुचनामा भनिएको छ । अटेरी गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने कास्की प्रहरी जारी गरेको सूचनामा उल्लेख… पुरा पढौ

पोखरामा गुडिरहेको स्कुल बसमाथि बिजुलीको पोल भाँचिएर पल्टिए पछि

पोखरामा गुडिरहेको स्कुल बसमाथि बिजुलीको पोल भाँचिएर पल्टिए पछि
पोखरा, २३ फागुन/ पोखरामा गुडिरहेको स्कुल बसमाथि बिजुलीको पोल भाँचिएर परेको छ । पोखरा १६ लामाचौरस्थित भक्ति पथमा गुडिरहेको स्कुल बसमाथि विजुलीको पोल भाँचिएर परेको हो । नदीपुरस्थित न्यू ग्यालेसी माविको बस विद्यार्थी लिन जानेक्रममा बिहान ९ः३० बजे घटना भएको हो । विद्यालयका प्राचार्य डा. रामजी शर्माले बस गुडिरहेकै अवस्थामा बिजुलीको पोल भाँचिएर बसमाथि परेको बताए । पोलमा रहेका बिजुलीका तारमा विद्युत प्रवाह भइरहेपनि अन्य घटना भने नभएको प्राचार्य शर्माले बताए । बस चालक र सहयोगीले तत्कालै बसबाट विद्यार्थीलाई निकाल्न… पुरा पढौ

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु

दुर्घटना
पोखरा, २३ फागुन/ धादिङ गजुरीको गलौदीस्थित सडकबाट बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं जादै गरेको यात्रुबाहक बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको प्रहरीको भनाई छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली प्रहरी र स्थानीयले उद्धार गरेका छन् । पुरा पढौ

पोखराको विन्ध्यवासिनी सहकारी ठगी आरोपमा ३ जना पक्राउ

पोखराको विन्ध्यवासिनी सहकारी ठगी आरोपमा ३ जना पक्राउ
पोखरा, २१ फागुन/ पोखरामा सहकारी संस्था ठगी प्रकरणमा अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ९ न्यूरोडमा कार्यालय रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको करिब ७ करोड रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य एवं ऋण समिति संयोजक कृष्णमान श्रेष्ठ र उदित सन्दीप पौडेललाई आइतबार पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई कास्की जिल्ला अदालतबाट सहकारी ठगी सम्बन्धी कसूरमा ७ दिन म्याद थप… पुरा पढौ

अमेरिकामा लाटोकोसेरो महोत्सवः नेपालका लाटोकोसेरो उद्धारका फोटो तथा संरक्षण भिडियो प्रदर्शनी

Owl center director karla - bloem- riciving token of love-by krishna mani baral
मिनेसोटा, २० फागुन/ अमेरिकको मिनोसोटा प्रदेश स्थित हुस्टन सहरमा २२ औं संस्करणको अन्तर्राष्टिय लाटोकोसेरो महोत्सव भएको छ । २७ वर्ष अघि घाइते अवस्थामा फेला परेको ग्रेट हर्न आवल प्रजातिको लाटोकोसेरोको बच्चा उद्धार गरेर उपचार गरिएको थियो । पखेटा भाँचिएर उड्न नसक्ने अवस्थामा रहेको लाटोकोसेरोको नाम एलिक राखिएको छ । त्यही लाटोकोसेरोले अण्डा कोरेलेको दिन पारेर सन २००३ देखि अमेरिकाको मिनेसोटा स्थित हुस्टन सहरमा अन्तर्राष्टिय लाटोकोसेरो महोत्सव आयोजना हुर्दै आएको छ । ३ हप्ताको बच्चा अवस्थामा एलिक गुडबाट खसेर घाइते भएकी… पुरा पढौ

मोटरसाईकलको स्वरूप परिवर्तन गर्ने ८ जना वर्कसप संचालकहरु पक्राउ

पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने ६ सय ८१ मोटर साइकल कार्वाहीमा
पोखरा, २० फागुन/ कास्की प्रहरीले मोटरसाईकलको स्वरूप परिवर्तन गर्ने ८ जना वर्कसप संचालकहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा भदौ २५ गते देखी स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो समेत निकाल्नेमा स्वरुप परिवर्तन गरेको भन्दै पक्राउ गरेको हो । पछिल्लो ६ महिनाामा ६ सय ८१ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरिएको र जरिवाना ७ लाख ४२ हजार ७ सय संकलन गरिएकोमा उक्त मोटरसाइकल… पुरा पढौ

पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने ६ सय ८१ मोटर साइकल कार्वाहीमा

पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने ६ सय ८१ मोटर साइकल कार्वाहीमा
पोखरा, २० फागुन/ पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने, मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने ६ सय ८१ वटा विभिन्न कम्पनीका मोटरसाइकल कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक कार्यालय कास्की र कास्की प्रहरीको संयुक्त प्रयासमा स्वरुप परिवर्तन गरिएका मोटरसाइइक नियन्त्रणमा लिई चालकलाई कार्वाही गरेको हो । कार्वाही पर्नेमा धेरै बुलेट र क्रसफायर मोटरसाइकल छन् । कास्की प्रहरी र ट्राफिक प्रहरीले पछिल्लो ६ महिनामा स्वरुप परिवर्तन गरेर ध्वनी प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको र मोटर साइकल… पुरा पढौ

पोखरामा सोमबार कमेडी विथ महाजात्रा, हाँस्यकलाकारको बाक्लो उपस्थिति

पोखरामा सोमबार कमेडी विथ महाजात्रा, हाँस्यकलाकारको बाक्लो उपस्थिति
पोखरा, २० फागुन/ पोखरामा सोमबार महाकमेडी विथ महाजात्रा कार्यक्रम हुने भएको छ । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक विशाल भण्डारीले महाकमेडी विथ महाजात्रा फागुन २१ गते साँझ सभागृह हलमा आयोजना गरिएको जानकारी गराए । उनले पोखराका दर्शकले प्रत्यक्ष रुपमा कमेडी च्याम्पियनका कलाकारहरुसँग साक्षत्कार गर्न पाउने बताए । दर्शकहरुलाई सहर—सहरमा पुगेर हसाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए । कार्यक्रममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत सहित कमेडी… पुरा पढौ

पोखरामा जुवातास खेल्दै गरेका ६ जना पक्राउ, १ लाख ३९ हजार बरामद

जुवा तास
पोखरा, २० फागुन/ कास्की प्रहरीले पोखरा महानगरपालिका वडा ८ स्थित गोपाल बस्नेतले संचालन गरेको ग्यारेजको कोठामा जुवा तास खेल्दै गरेका ६ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा नगद १ लाख ३९ हजार सहित नियन्त्रणमा लिईएको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ८ का रमेश शाह, भारतको बिहार प्रदेश बिहार घर भई पोखरा बस्दै आएका उपेन्द्र चौधरी, मुकेश शाह, राकेस शर्मा, सप्तरी घर भए पोखरा ८ बस्ने सुजित चौधरी,… पुरा पढौ