कास्कीको भिरबाट लडेरका थापाको शव सशस्त्रले निकाल्यो

-

     क्लिक गण्डकी     
     चैत्र ९ गते २०८० मा प्रकाशित

कास्कीको भिरबाट लडेरका थापाको शव सशस्त्रले निकाल्यो

कास्कीको भिरबाट लडेरका थापाको शव सशस्त्रले निकाल्यो

पोखरा, ९ चैत /कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ जिमिरेस्थित भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर २ का ५० वर्षीय यामबहादुर थापा रहेका छन् ।

कास्कीको करुवा सेती हाइड्रोपावरमा कार्यरत थापा बुधबार भिरबाट लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो ।

थापाको शव भिरमै अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनको विपद् उद्धार टोलीले निकालेको हो ।