
oil
पोखरा, ९ चैत/ पोखरामा सशस्त्र प्रहरीको कालिका पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुन थालेको छ । काठमाडौं सहित पोखरामा सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको पेट्रोल पम्पहरु सञ्चालन हुन थालेको हो ।
सशस्त्र प्रहरी बलले सञ्चालन गरेको पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएका हुन् ।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएको छ,’ गृहमन्त्रीको सचिवालयले भनेको छ, ‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो ।’





