समाचार

रसियाली नागरिकले पोखराबाटै राष्ट्रपतिलाई मतदान

रसियाली नागरिकले पोखराबाटै राष्ट्रपतिलाई मतदान
पोखरा, २ चैत/ शुक्रबार देखी तीन दिन सम्म चल्ने रसियाली राष्ट्रपति निर्वाचनका लागि नेपालबाट मतदान गरेका छन् । मतदानले पोखराबाट शुक्रबार मतदान गरेका हुन् । पोखराका बाराही होटलमा राखीएको मतदानकेन्द्र मार्फट १३ जनाले मतदान गरे । मार्च १७ मा काठमाडौंमा नेपालस्थित रसियाली दुतावामा रहने मतदान स्थलमा बाँकी रहेका मतदाताले मतदान गर्ने दुतावासले जनाएको छ । नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौंमा मतदानस्थल राखेको रसियाली राजदुतावासका प्रतिनिधि अलेक्जेन्डर इभासेभले जानकारी दिए । नेपालमा रहेका रसियन… पुरा पढौ

पोखरामा सडकमा मागेर हैरान पार्ने २५ जना पक्राउ

पोखरा, १ चैत /पोखराका विभिन्न ठाउँमा मागेर हैरान पार्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई उद्धार गरेर मानव सेवा आश्रम लगिएको छ । बिहीबार वडा प्रहरी कार्यालय बगर र पोखरा महानगर प्रहरीले ती व्यक्तिहरुलाई उद्धार गरेर मानव सेवा आश्रम पुर्याएको हो । विभिन्न स्थानहरुमा माग्दै हिड्ने २५ जना व्यक्तिहरुलाई उद्दार गरी ९ जना पुरुषलाई मानव सेवा आश्रम हेम्जा र ४ जना महिलालाई मानव सेवा आश्रम छोरेपाटन, ९ जना बालकहरुलाई अम्मरसिंह बाल हेल्प लाईन र ३ जना बालिकाहरुलाई आफन्तको जिम्मा… पुरा पढौ

बोलेरो गाडी दुर्घटना हुदाँ ८ जनाको मृत्यु

बोलेरो गाडी दुर्घटना हुदाँ ८ जनाको मृत्यु
विराटनगर, १ चैत/ उदयपुरको बेलका नगरपालिका ७ मेनामैनीमा बोलेरो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सुनसरीबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको बोलेरो मैनामैनीमा सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको हो । मृत्यु हुनेमा चालक हतुवागढी गाउँपालिका–२ का ४२ बर्षीय मान बहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका–२ की ७० बर्षीया पर्वतमाया राई, २३ बर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका –९ का ६८ बर्षीय पदम बहादुर थापा, हतुवागढी… पुरा पढौ

पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा गर्ने तयारी

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, १ चैत /पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा हुने भएको छ । लामो समय देखी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न व्यवसायीहरुले माग गर्दै आएका छन् । चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानीको रुपमा घोषणा गर्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । पोखरालाई पर्यंटनको राजधानी बनाउने चर्चा लामो समय देखी चल्दै आएको थियो । आइतबार पोखराको बाराही घाटामा तामझामका साथ पोखरालाई पर्यटकीय राजधानी घोषणा हुने गरी तयारी गरिएको छ । राजधानी घोषणा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने… पुरा पढौ

कुवेतमा दुर्घटनामा परि ३ नेपालीको मृत्यु

पोखरा, १ चैत/ कुवेतमा कारले ठक्कर दिदा तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत तीन जना नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो भ¥याङ्गका सुजन कार्की, पन्चदेवल विनायक ५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् । कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको नेपाली राजदुताबासले जनाएको छ । मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि… पुरा पढौ

रुपाताल एकिकृत संरक्षण विकास परियोजना बाहेकको जग्गा फुकुवा गर्न माग

रुपाताल एकिकृत संरक्षण विकास परियोजना बाहेकको जग्गा फुकुवा गर्न माग
पोखरा, ३० फागुन/ कास्कीको रुपातालको संरक्षण गर्न रुपाताल एकिकृत संरक्षण विकास परियोजना सन्चालनमा छ । पोखरा महानगरपालिका र रुपा गाउँपालिका पर्ने रुपातालको संरक्षणका लागि परियोजना ल्याएको हो । तर त्यही परियोजनाले रोकी राखेको जग्गा फुकुवा गर्न स्थानीयले माग गरेका छन् । जग्गा फुकुवाको माग गदै स्थानीयले बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरलाई ज्ञापन पत्र बुझाए । परियोजनाको लागि आवश्यक जग्गा अधिग्रहण प्रकृयामा रहेको र बाँकी रहेको जग्गा हालसम्म पनि फुकुवा नभएकोले अंशबण्डा तथा बेचविखन गर्न नपाएको… पुरा पढौ

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका सुरेश पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका सुरेश पक्राउ
पोखरा, ३० फागुन/ बाल यौन दुव्र्यवहार कसूरमा पोखरामा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ८, सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । उनले १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको जाहेरी आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार उनकै निवासबाट पक्राउ गरेको जनाएको छ । श्रेष्ठले सोमबार बिहान ७ बजेर ३० मिनेट जाँदा बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप छ । निजलाई बालबालिकाविरद्ध कसूर (बाल यौन दुव्र्यवहार) मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थपगरी अनुसन्धान प्रक्रिया… पुरा पढौ

पोखरामा प्रहरीसँग विवाद गरेको आरोपमा रेष्टुरण्ट व्यवसायी पक्राउ

पोखरामा प्रहरीसँग विवाद गरेको आरोपमा रेष्टुरण्ट व्यवसायी पक्राउ
पोखरा, २९ फागुन/ प्रहरीसँग विवाद गरेको आरोपमा पोखराको लेकसाइडबाट रेष्टुरेण्ट व्यवसायी पक्राउ परेका छन् । लेकसाइड ओजन गल्लीमा ‘बिर्यानी फास्ट फुड रेष्टुरेण्ट’ चलाउँदै आएका पोखरा ३०, लेखनाथका निर्मल गौतम रहेका छन् । फागुन २६ गते मध्यरातमा ओजनगल्लीमा मदिरा सेवन गरेर युवायुवती होहल्ला गरिरहेको सूचनाका आधारमा नियन्त्रण गर्न जाँदा रेस्टुरेन्ट सञ्चालक गौतमले विवाद गरेपछि पक्राउ गरेको प्रहरीको भनाई छ । पक्राउ परेका गौतमलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान… पुरा पढौ

पोखरामा नगरप्रहरीले दुःख दिएको भन्दै मेयरलाई ज्ञापनपत्र, १७ बुदे माग राख्य

पोखरामा नगरप्रहरीले दुःख दिएको भन्दै मेयरलाई ज्ञापनपत्र, १७ बुदे माग राख्य
पोखरा, २९ फागुन/ पोखराको फुटपाथमा स्वरोजगार पसल र साना व्यवसायिक सञ्चालन गर्दै आएका व्यवसायीले दुःख दिएको भन्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् । पोखराको सभागृहचोकबाट नाराबाजी सहित उनीहरु पोखरा महानगरपालिका अगाडी पुगेर कोण सभा परिणत भएको थियो । पोखरा महानगरपालिकाबाट खटिने नगर प्रहरीले अमर्यादित, अपमान शैलीमा दुःख दिने, सामान जफत गर्ने, दमन गर्ने र गालीगलौज सहित अश्लील व्यवहार देखाउने गरेको आरोप लगाए । नगर प्रहरीबाट हुँदै आएको अमानवीय हर्कतका विरुद्ध स्वरोजगार पसल तथा साना व्यवसायिक श्रमिकहरू आन्दोलन… पुरा पढौ

काइण्डनेस क्लब मदरल्याण्डको अध्यक्षमा सुवानी पौडेल

काइण्डनेस क्लब मदरल्याण्डको अध्यक्षमा सुवानी पौडेल
पोखरा, २८ फागुन/ काइण्डनेस क्लब मदरल्याण्डकोे चौथो वर्ष साधारण सभाले कक्षा ७ ‘ख’ मा अध्ययनरत छात्रा सुवानी पौडेलको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा युकी के.सी. (७ ‘ख’, सचिबमा आलोक बराल (७ ‘घ’), कार्यव्यवस्थपकमा दिव्या ढुङ्गाना (६ ‘ङ’), सहकार्य व्यवस्थापकमा सुविन निधि तिवारी (५ ‘क’) चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा कृतिका अधिकारी (५ ‘ख’), शुभेच्छा बराल (६ ‘ग’), आहान्या बिजुच्छे ४ ‘ख’, चयन भएका छन् । नयाँ कार्यसमितिलाई निर्वतमान अध्यक्ष जानवी गौचनले अध्यक्ष सुवानी पौडललाई… पुरा पढौ