पोखराकी स्टाफ नर्स पढ्दै गरेकी किशोरी दोलखामा मृत फेला

-


     क्लिक गण्डकी     
     चैत्र २३ गते २०८० मा प्रकाशित


शव

पोखरा, २३ चैत/ पोखराकी एक किशोरी दोलखामा स्टाफ नर्स पढ्दै गरेकी मृत फेला परेकी छन् ।

पोखरा महानगरपालिका घर भई हाल दोलखामा बसेर नर्सिङ पढ्दै गरेकी १८ वर्षीया करुणा अधिकारीको पाँच तला माथिबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिहीबार दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत १८ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फाले प्रहरीको भनाई छ ।

अधिकारी बिदामा पोखरा आएकी र बुधबार मात्र चरिकोट फर्किएकी थिइन् ।