समाचार

स्याङ्जाका प्रेम आइफोन चोरी गरेको आरोपमा पोखरामा पक्राउ

चोरी
पोखरा, ६ फागुन/ पोखरामा मोबाईल चोरी गरेको आरोपमा कास्की प्रहरीले स्याङ्जाका प्रेम गुरुङलाई प्रकाउ गरेको छ । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले गुरुङलाई शनिबार प्रकाउ गरेको हो । पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित मोबाईल पसलबाट चोरी गरेको आरोपमा स्याङ्जाको विरुवा गाउँपालिका–८ आरुखर्क घर भई पोखरा–१२ माटेपानी गुम्बाफेदी बस्ने २१ वर्षीय गुरुङलाई प्रहरीले प्रकाउ गरेको हो । गुरुङको साथबाट प्रहरीले ४ थान मोबाईल आइफोन १०, आइफोन ११, सामसुङ र रेडमी मोबाईल बरामद गरेको छ । प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी… पुरा पढौ

हिसान फुटसलमा स्टेप बाई स्टेप, त्रिवेणी पब्लिक, पोखरा लिङन र इन्फोम्याट्रि कलेज फाइनलमा

हिसान फुटसलमा स्टेप बाई स्टेप, त्रिवेणी पब्लिक, पोखरा लिङन र इन्फोम्याट्रि कलेज फाइनलमा
पोखरा, ६ फागुन/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा जारी दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । हिसान प्रदेशस्तरीय प्लस टु स्तरीय फुटसलमा स्टेब बाई स्टेप सेकेन्डरी स्कुल र त्रिवेणी पब्लिक स्कुल फाइनलमा प्रबेश गरेका छन् । स्टेब बाई स्टेपले स्नोभ्यु इङलिस बोडिङ स्कुललाई ७–१ गोल अन्तरको फराकिलो अन्तरले पराजीत गर्दै फाइन प्रबेश ग¥यो । त्यसै गरी त्रिवेणी पब्लिक स्कुलले सगरमाथा सेकेन्डरी स्कुललाई २–१ गोलले हराउदै फाइनल… पुरा पढौ

फागुन २४ देखि २६ सम्म चिप्ली महाशिवरात्री मेला हुने

फागुन २४ देखि २६ सम्म चिप्ली महाशिवरात्री मेला हुने
पोखरा, ५ फागुन/ फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्री मेला हुने भएको छ । श्री सिद्ध युवा क्लब मादी गाउँपालिका ६ चिप्लीको आयोजनामा हुने उक्त मेला क्लबको खेल मैदानमा हुने भएको हो । मेलाको अवसरमा विविध खेलकुद एवम् साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ३६ वर्ष अघि स्थापना भएको क्लबको वार्षिक उत्सवको अवसरमा मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी गराए । ‘चिप्ली महाशिवरात्री मेला क्लबको वार्षिकत्सवको अवसरमा आयोजना गरिएको हो’, उनले भने,‘कार्यक्रममा भलिबल, छेलो, रस्सी तान्ने र… पुरा पढौ

‘क्षमता भएकालाई नेतृत्वमा ल्याउने ऐंठन छ, सुध्रनुपर्छ’

‘क्षमता भएकालाई नेतृत्वमा ल्याउने ऐंठन छ, सुध्रनुपर्छ’
पोखरा, ५ फागुन/ माओवादी युद्धमा होमिएका, लोकतन्त्र ल्याउन लडेकादेखि भर्खर उदाएको नयाँ पार्टीका नेता–नेतृ शनिबार दिउँसो फेवाताल किनारको एउटै स्टेजमा थिए । नेपाल लिटरेचर फेस्टिभलको ‘कोही किन राजनीतिमा आउँछन् ?’ सत्रमा पर्यटनमन्त्री एवं माओवादी नेता सुदन किराँती, प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदिप पौडेल, रास्वपा नेतृ प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ र एमालेबाट निर्वाचित बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा वक्ता थिए । सहजकर्ता बसन्त बस्नेतले भर्खर खुलेको नयाँ पार्टीकी नेतृ सुमनालाई सोधे – तपाईं किन राजनीतिमा आउनुभयो ?उनले गठबन्धन गर्ने अनि… पुरा पढौ

‘टिकटक बन्द गर्नु कानुनभन्दा बाहिरको विषय हो, यसलाई नखोली सुखै छैन’

‘टिकटक बन्द गर्नु कानुनभन्दा बाहिरको विषय हो, यसलाई नखोली सुखै छैन’
पोखरा, ५ फागुन/ नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको करिब साढे ३ महिना हुन लाग्यो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ गते त्यसलाई बन्द गरेको जनाएको थियो । त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दा अझै विचाराधीन छ । पछिल्लो पटक टिकटकले नै सरकारलाई पत्र लेख्दै सर्त मान्न तयार रहेको बताएको छ । टिकटक बन्द गर्ने सरकारको निर्णयलाई केहीले समर्थन जनाए । केही सरकारको… पुरा पढौ

फेरी बढ्यो पेट्रोल–डिजेलको मूल्य, पोखरामा कति ?

नेपाल आयल निगम
पोखरा, ३ फागुन/ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई÷दुई रूपैयाँ बढाएको जनाएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १५९ रूपैयाँ… पुरा पढौ

ड्युटीमा रहेकी प्रहरीको गोली हानी हत्या

दाङ, ३ फागुन/ दाङमा एक प्रहरीको गोली हानी हत्या भएको छ । महिला प्रहरीलाई उनकै श्रीमानले गोली हानी हत्या गरेका छन् । घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमान्ले गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेका हुन् । यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरा पढौ

पोखरामा सरकारी छाप र जरायोको सिङसहित ३ जना पक्राउ

पोखरामा सरकारी छाप र जरायोको सिङसहित ३ जना पक्राउ
पोखरा, ३ फागुन/ पोखरामा सरकारी कार्यालय, संघ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जंगली जनावरको सिंङ सहित ३ जना पक्राउ परेका छन् । पोखरा १९, पुरनचौर घर भई पोखरा ९ नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र पोखरा ९ का विवेक श्रेष्ठ रहेका छन् । उनीहरू सरकारी छाप कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ । पोखरा नयाँबजारमा रहेको ब्लू होम डेकोर पसलमा विभिन्न सरकारी कार्यालयहरु, वडा… पुरा पढौ

फागुन ४ गते सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २ फागुन/ गण्डकी प्रदेश स्थापनाको अवसरपारेर प्रदेश सरकारले फागुन ४ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना जारी गर्दै शुक्रबार बिदा दिइएको जनाएको हो । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको कार्यालयका प्रवक्ता उपसचिव प्रवीण ढकालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । २०७४ फागुन ४ मा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सपथ ग्रहण गरी पदभार गरेको दिनलाई सरकारले स्थापना दिवसरुपमा मनाउँदै आएको छ । पुरा पढौ

प्रणय दिवसमा प्रकट पंगेनीका प्रणय गजल माई ओल्ड हाउस क्याफेमा

प्रणय दिवसमा प्रकट पंगेनीका प्रणय गजल माई ओल्ड हाउस क्याफेमा
पोखरा, २ फागुन/ प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डेको अवसरमा पोखराको माई ओल्ड हाउस क्याफेमा विषेश कार्यक्रमको आयोजना गरेको छ । प्रणय गजलकारका रुपमा चिनिएका प्रकट पंगेनीले युवायुवतीलाई प्रणय गजल सुनाएर मनोरञ्जन दिने छन् । माई ओल्ड हाउस र इन्सासको संयुक्त आयोजनामा भ्यालेन्टान्इन्स डेको अवसरमा हुन लागेको हो । पोखरा ७ बुलौदीमा रहेका क्याफेमा आज बेलुकी ७ बजे पछि गजल बाचन हुनेछ । प्रकट पंगेनिले पुराना तथा नयाँ गजलहरु बाचन गर्ने क्याफेका सञ्चालक किशोर सुबेदीले जानकारी दिए । पुरा पढौ