समाचार

होली खेल्ने क्रममा ग्याङ फाइट हुदाँ २ जनाको मृत्यु

फाइट
ललितपुर, १२ चैत/ ललितपुरमा होली खेल्ने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट… पुरा पढौ

करेन्ट लागेर स्याङ्जामा एक जनाको मृत्यु

करेन्ट
स्याङ्जा, ११ चैत/ स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ भेडावारी झाँक्रीथानका ५२ वर्षका हर्कबहादुर थापा रहेका छन् । बाटोमा लतारिएको बिजुलीको तार छोइँदा थापालाई करेन्ट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर रानाले बताए । उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाकासम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी रानाले जानकारी दिए । पुरा पढौ

पोखरा ९ नम्बर वडाका स्कुलको शैक्षिक गुणस्तर सुधारका लागि ९ बुँदे प्रतिवद्धता

पोखरा ९ नम्बर वडाका स्कुलको शैक्षिक गुणस्तर सुधारका लागि ९ बुँदे प्रतिवद्धता
पोखरा, ११ चैत्र / पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एक रूपताका लागि ९ बुँदे प्रतिवद्धता जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि सम्भव छ भन्ने अवधारणापत्र प्रस्तुत गर्दै नयाँ शैक्षिक सत्रदेखि नै देखिने गरी सुधारका काम गर्न, शिक्षा क्षेत्र सुधारको सुरुवात ९ नम्बर वडाबाट भएको सन्देश राष्ट्रव्यापी रुपमा दिन आग्रह गरे । सामुदायिक विद्यालय प्रदान गरेको शिक्षामा ९ नं.… पुरा पढौ

नयाँ घर सरेको राति २२ तोला सुन चोरी

चोरी
पोखरा, ११ चैत/ केही महिना अगाडी पोखराको १३ कुडँहरमा घर सरेको राति नै सुन चोरीको घटना भयो । त्यस्तै घटना अन्नपूर्ण गाउँपालिका–३, काँडेमा भएको छ । काँडेको वराहथानका पुष्पा गुरुङको घरमा शुक्रबार राति चोरी भएको छ । चोरले २२ तोला सुनका विभिन्न गरगहना, ५० हजार नगदसहित विभिन्न सामान चोरी गरी लगेको पीडित गुरुङका भाई कुलबहादुर गुरुङ ‘कुलु’ ले बताए । ढोका फोडेर घरभित्र छिरेको चोरले ३ वटा दराज तथा १ बाकसमा क्षति पु¥याएर लुटपाट गरेको हो । चोरले क्यामेरा, टेलिभिजन… पुरा पढौ

कास्की जिल्ला साइक्लिङ संघको अध्यक्षमा शंकर भण्डारी

कास्की जिल्ला साइक्लिङ संघको अध्यक्षमा शंकर भण्डारी
पोखरा, १० चैत/कास्की जिल्ला साइक्लिङ संघको अध्यक्षमा पुनः शंकर भण्डारी चयन भएका छन् । पोखरामा शनिबार सम्पन्न साधारणसभा तथा अधिवेशनले भण्डारीलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिबेशनले ९ सदस्यिय कार्यसमिति आगामी चार वर्षका लागि चयन भए । संघको उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुल बहादुर गुरुङ र कोषाध्यक्षमा कमल बहादुर नेपाली चयन भए । कार्यसमिति सदस्यमा अशोक चालिसे, रविश्वर आचार्य, वमन चालिसे, आशामिंया श्रीमल र एलिना सापकोटा चयन भएका छन् । साधारणसभा तथा अधिवेशनको जिल्ला खेलकुद विकास… पुरा पढौ

पोखराबाट काठमाडौं जादै गरेको पर्यटक बस तनहुँमा दुर्घटना

पोखराबाट काठमाडौं जादै गरेको पर्यटक बस तनहुँमा दुर्घटना
पोखरा, १० चैत/ पोखराबाट काठमाडौं जादै गरेको पर्यटक तनहुँमा दुर्घटना भएको छ । बा १ प ११३९ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन् । घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार… पुरा पढौ

रेवान पोखराले स्वदेशी विदेशी सामेल गरि होली महोत्सव गर्ने

रेवान पोखराले स्वदेशी विदेशी सामेल गरि होली महोत्सव गर्ने
पोखरा, ९ चैत/ रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले होली पर्वका अवसरमा होली महोत्सव आयोजना गर्ने भएको छ । यस पटक होलीको दिन चैत्र ११ गते आइतवार होली पुर्णिमाको दिन अम्मट चौताराबाट होली खेल्न शुरु गरिने रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए । अम्मट चौतारीमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई बाजागाजा सहित सामुहिक रुपमा होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक, खहरेचोक सम्म पुग्ने खेल्ने कार्यक्रम रहेको भट्टराईले बताए । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेवानले… पुरा पढौ

कास्कीको सिक्लेस लगेर श्रीमतीले श्रीमान्को हत्या, प्रहरीले सार्वजनीक ग¥यो

कास्कीको सिक्लेस लगेर श्रीमतीले श्रीमान्को हत्या, प्रहरीले सार्वजनीक ग¥यो
पोखरा, ९ चैत/ कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भएको हत्यामा संलग्नहरुलाई कास्की प्रहरीले सार्वजनीक गरेको छ । चैत ३ गते सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका रामलाल तामाङ मृत भेटिएका थिए । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ गरेर शुक्रबार प्रहरीले सार्वजनीक गरेको छ । सिक्लेस गाउँबाट दक्षिण पाखामा चैत ३ गते रामलाल मृत फेला परेका थिए । प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको थियो । रामलाल र उनकी श्रीमती कान्छी भनिने च्याङ्मा तामाङको केही वर्षदेखि सम्बन्ध… पुरा पढौ

कास्कीको भिरबाट लडेरका थापाको शव सशस्त्रले निकाल्यो

कास्कीको भिरबाट लडेरका थापाको शव सशस्त्रले निकाल्यो
पोखरा, ९ चैत /कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ जिमिरेस्थित भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर २ का ५० वर्षीय यामबहादुर थापा रहेका छन् । कास्कीको करुवा सेती हाइड्रोपावरमा कार्यरत थापा बुधबार भिरबाट लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । थापाको शव भिरमै अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनको विपद् उद्धार टोलीले निकालेको हो । पुरा पढौ

पोखरामा सशस्त्रको कालिका पेट्रोल पम्प २४ सै घन्टा खुला

पोखरा, ९ चैत/ पोखरामा सशस्त्र प्रहरीको कालिका पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुन थालेको छ । काठमाडौं सहित पोखरामा सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको पेट्रोल पम्पहरु सञ्चालन हुन थालेको हो । सशस्त्र प्रहरी बलले सञ्चालन गरेको पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएका हुन् । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएको छ,’ गृहमन्त्रीको सचिवालयले भनेको छ, ‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान… पुरा पढौ