
फेवाताल
पोखरा, २९ चैत/ पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेका एक जनाको सकुशल उद्दार भएको छ ।
बिहीबार दिऊसो आएको हावाहुरीका कारण डुंगा पल्टिदाँ अग्नी देवकोटा तालमा खसेकी थिइन् । उनलाई सशस्त्र प्रहरी बलको टोलीले उद्दार गरेको हो ।
काठमाडौं सामाखुशीकी २५ वर्षीया देवकोटालाई फेवाताल बाराहीघाट स्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरबाट खटिएको टोलीले सकुशल उद्दार गरेको हो ।





