पोखरामा बैशाख दोस्रो साता रोजगारी मेला

-


     क्लिक गण्डकी     
     चैत्र ३० गते २०८० मा प्रकाशित


पोखरामा बैशाख दोस्रो साता रोजगार मेला

पोखरामा बैशाख दोस्रो साता रोजगार मेला

पोखरा, ३० चैत/ गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरामा बैशाख दोस्रो साता रोजगार मेला हुने भएको छ ।

सभागृहमा बैशाख १० गतेदेखि १२ गतेसम्म दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला हुन लागेको हो । बेरोजगारलाई रोजगारसँग जोड्ने र कामदार आवश्यक पर्ने व्यवसायीक र्फमहरुले प्रत्यक्ष भेटघाट गर्ने छन् ।

मेलाबाट बेरोजगारहरुलाई रोजगारको अवसर मिल्ने र रोजगारदातालाई दक्ष कामदार प्राप्त गर्न सहयोग पुग्ने मेलाका प्रचार प्रसार उपसमिति संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए ।

मेलामा प्राविधिक शिक्षा व्यावसायिक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरहरुको बारेमा जानकारी साथै सहजीकरण, सफल उधमीका कथा मार्फत उद्यमशीलतका लागि अभिप्रेरणा, शैक्षिक एवम् प्रवद्र्धनात्मक अभ्यासहरुको प्रद्र्धशनी हुने आचार्यले बताए ।



Tags: