पोखराको सुईखेतमा बस दुर्घटना

-


     क्लिक गण्डकी     
     चैत्र २९ गते २०८० मा प्रकाशित


नेपालमा ठाउँ ठाउँ दुर्घटना, १८ जना जनाको निधन

फाइल तस्बिर

पोखरा, २९ चैत/ पोखरा २५ हेम्जामा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना भएको छ ।

दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै गरेको ग २ ख १६३० नम्बरको यात्रुवाहक बस आज बिहान ३ बजे पोखरा महानगरपालिका २५ सुईखेतमा दुर्घटनाग्रस्त भएको हो ।

घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

सवारी दुर्घटना थप अपडेट :- मिति २०८०।१२।२९ गते अं. ०२:५० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा सुईखेत स्थित काठमाण्डौबाट बेनी तर्फ जाँदै गरेको ग २ ख १६३० नं.को बसको चालकले नियन्त्रण गुमाई सडकको बाँया साईडमा पल्टिन जाँदा बसमा सवार निम्न ७ जना व्यक्तिहरू घाईते भई उपचारको लागी पोखरा स्थित गण्डकी मेडिकल कलेज ल्याएको, उक्त स्थानमा व.प्र.का. बगरबाट प्रहरी टोली खटिई गई उक्त बस चालक जिल्ला म्याग्दी बेनी न.पा. वडा नं. ६ बस्ने बर्ष ३२ को राजकुमार गैरेलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त बस सह-चालक जिल्ला म्याग्दी बेनी न.पा. ४ तातोपानी बस्ने बर्ष २५ को बिनोद दर्जीले चलाएको भन्ने खुलेको हुँदा निज समेत सामान्य घाईते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार पश्चात ऐ. १३:१० बजे डिस्चार्ज भई व.प्र.का. बगरको नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।

निम्न घाईतेहरू :-

  • जि. बागलुङ तमानखोला गाउँपालिका वडा नं. ३ तमान बस्ने बर्ष २५ की रीता घर्ती, उपचार पश्चात ऐ.१३:०० बजे डिस्चार्ज भएकी ।
  • जि. म्याग्दी मालिका गाउँपालिका वडा नं. ५ देवीस्थान बस्ने बर्ष ३० को भिम कुमार बुढा, ऐ. ११:५० बजे डिस्चार्ज भएको ।
  • ऐ.ऐ. बस्ने बर्ष २७ की निर्मला फगामी, ऐ. १३:०० बजे डिस्चार्ज भएकी ।
  • ऐ.ऐ. बस्ने बर्ष बर्ष ६ को निश्चल फगामी, ऐ. १४:१० बजे डिस्चार्ज भएको ।
  • ऐ.ऐ. बस्ने बर्ष ४६ की सुमित्रा फगामी, ऐ. १४:१० बजे डिस्चार्ज भएकी ।
  • ऐ.ऐ. बस्ने बर्ष ६५ की कृष्ण कुमारी पुन, ऐ. ११:५० बजे डिस्चार्ज  भएकी ।
  • जिल्ला म्याग्दी मालिका गाउँपालिका १ दरवाङ् बस्ने बर्ष ७२ को नर बहादुर पुन, अवस्था मध्यम, उपचार भईरहेको ।
  • जिल्ला म्याग्दी बेनी न.पा. ७ मंगलघाट बस्ने बर्ष ६१ को टेक ब. कार्की, अवस्था सामान्य, बेनी अस्पताल, म्याग्दीमा उपचार भई रहेको ।