पोखरा महानगरका इन्जिनियर घुस लिएको रकम सहित पक्राउ

-

     क्लिक गण्डकी     
     चैत्र २८ गते २०८० मा प्रकाशित

पोखरा महानगरका इन्जिनियर घुस लिएको रकम सहित पक्राउ

पोखरा महानगरका इन्जिनियर घुस लिएको रकम सहित पक्राउ

पोखरा, २८ चैत/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले १ लाख ५० हजार रुपैयाँ घुस रकम सहित एक जना इन्जिनियरलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर उषा किरण रोकायालाई टोलीले पक्राउ गरिएको हो । घर सम्पन्नता दिनका लागि रकम लिएको खुलेको छ ।

१ लाख ५० हजार रुपैया नगद सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आस्मान तामाङले जानकारी दिए ।