पोखरामा ध्वनी प्रदुषण गर्ने बाइकलाई पार्किङबाटै उठाइयो

-


     क्लिक गण्डकी     
     चैत्र २८ गते २०८० मा प्रकाशित


पोखरामा मोडिफाई गरिएका २ दर्जन मोटरसाइकल चालक कारबाही

पोखरामा मोडिफाई गरिएका २ दर्जन मोटरसाइकल चालक कारबाही

पोखरा, २८ चैत/ प्रहरीले पोखराको लेकसाइडबाट ध्वनी प्रदुषण गर्ने ७ वटा बाईक नियन्त्रणमा लिइएको छ ।

सोमबार साझँ लेकसाइडबाट पार्किङ गरेर राखिएको स्थानबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कास्कीका सुचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।

नियन्त्रणमा लिइएका बाइकहरुलाई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको सुचना अधिकारी शर्माले बताए ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो निकाल्ने मोटरसाईकलहरू नियन्त्रणमा लिई कारवाही गर्दै आएको छ ।

स्वरूप परिवर्तन (मोडिफाई) गरी ध्वनी प्रदुषण गर्ने मोटरसाईकलहरु पार्किङ स्थलबाट समेत नियन्त्रणमा लिई २५ दिनसम्म थुनामा राखी कारवाही गर्ने प्रहरी लागेको छ ।

स्वरूप परिवर्तन गर्ने, ध्वनी प्रदुषण गर्ने गराउने कार्यमा संलग्न हुनसक्ने वर्कसप संचालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने आदीका संचालक, व्यवसायी तथा मजदुरहरुलार्य पनि पक्राउ गर्ने प्रहरीले बताएको छ ।

प्रहरीले त्यसका लागि सचेतना मूलक अन्तरक्रिया तथा स्टिकर टाँस गर्ने कार्यक्रम समेत गरेको छ ।