समाचार

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज देखि

गण्डकी प्रदेशसभा
पोखरा, १६ फागुन/ गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ । लामो सयम पछि शुरु हुन लागेको अधिवेशनमा विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ विजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस गर्ने तयारी छ । सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्… पुरा पढौ

पोखरामा मगर दिवसः मौलिक कला संस्कृति, भाषा, भेषभुषा पुस्तान्तरण हुनुपर्छ- मेयर आचार्य

पोखरामा मगर दिवसः मौलिक कला संस्कृति, भाषा, भेषभुषा पुस्तान्तरण हुनुपर्छः मेयर आचार्य
पोखरा, १५ फागुन/ पोखरामा मगर समुदायले ४२ औं मगर एकता दिवस मनाएका छन् । नेपाल मगर संघको स्थापना दिवस फागुन १५ लाई मगर समुदायले एकता दिवसको रुपमा मनाउँदै आएका छन् । नेपाल मगर संघ कास्कीको आयोजनामा पोखराको मानवअधिकार चोकबाट सुरु भएको झाँकी ¥यालीसहित महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृहमा आएर औपचारिक कार्यक्रममा सुरु भएको थियो । नेपाल मगर संघको स्थापना दिवसको अवसरमा पोखरामा आयोजित ४२ औं मगर एकता दिवसको उद्घाटन पछि बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले मगर समुदायको मौलिक कला,… पुरा पढौ

पत्रकार रमेश पौडेललाई मातृशोक

पत्रकार रमेश पौडेललाई मातृशोक
पोखरा, १५ फागुन/ पत्रकार रमेश पौडेललाई मातृशोक परेको छ । रेडियो बाराहीका प्रबन्ध निर्देशक तथा नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबार निधन भएको हो । उनको गएराति मध्यरात १२ः४४ बजे कुस्मा ९ कटुवा चौपारी ज्ञादी स्थित निवासमा निधन भएको हो । उनका ५ छोराहरु स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र सहदेव पौडेल र दुई छोरीहरु सिता सापकोटा र विना अधिकारी रहेका छन् । स्वर्गीय पौडेलको आज (मंगलबार) विहान ११… पुरा पढौ

गायक भक्तराज आचार्यको निधन

गायक भक्तराज आचार्यको निधन
पोखरा, १४ फागुन/ गायक भक्तराज आचार्यको सोमबार निधन भएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा लैजाने क्रममा निधन भएको हो । आचार्यको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।१९९९ सालमा धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए । उनका ’हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ’ लगायत गीत चर्चित छन् । २०४६ साल दुर्घटनामा परेपछि आचार्यले स्वर गुमाएका थिए । उनका ४ सय भन्दा बढि गितहरु रेकर्ड भएका छन् । पुरा पढौ

पोखराको सेती नदीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु, एक बेपत्ता

पोखरा, १४ फागुन/ पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ भने अन्य एकको खोजी कार्य जारी छ । माछा मार्न गएका ५ जनामध्ये महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङको शव ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टिमले निकालेको हो । टोलीले गए राती पौने १… पुरा पढौ

ठगी मुद्दामा पोखराका २१ वडा अध्यक्षलाई म्याद थप

दिपक प्रसाद सुबेदी
पोखरा, १४ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष दिपक प्रसाद सुबेदीलाई ठगी सम्बन्धी कसूर मुद्दामा म्याद थप भएको छ । ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका सुबेदीलाई फागुन ८ गते जिल्ला अदाल कास्कीको गेटबाट पक्राउ गरेको थियो । सुबेदीलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको कास्की प्रहरीले जानकारी दिएको छ । मित्रमिलन सहकारी ठगि काण्डमा उनलाई अदालतले धरौटिमा छाडेपछि प्रहरीले पक्राउ गरेको थियो । पुरा पढौ

कास्कीको मिर्सा भिरबाट खस्दा जर्मन पर्यटको मृत्यु

पोखरा, १३ फागुन/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । माछापुच्छ्रे १ मिर्सा भिरबाट लडेर जर्मन नागरिक पियाको मृत्यु भएको हो । उनी मिर्सा गाउँ झर्ने क्रममा शनिवार लडेर रुखमा अड्किएका र शव आइतबार बिहान निकालिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणबाट खटिएको टोलीले बिहान शव निकालेर पोखरा ल्याएको कास्की प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धानका लागि अमेरिकन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि जानकारी लिएर छाडेको छ… पुरा पढौ

अन्नपूर्ण गाउँपालिका लुम्ले गाउँमाथिको भिरमा आगोलागि

अन्नपूर्ण गाउँपालिका लुम्ले गाउँमाथिको भिरमा आगोलागी
पोखरा, १३ फागुन/ अन्नपूर्ण गाउँपालिकाको लुम्ले गाउँमाथिको भिरमा आगोलागि भएको छ । आइतबार दिऊसो लागेको आगो निभाउन कोशी भईरहेको स्थानीय विवेक देवकोटाले जानकारी दिए । उनले ठुलो आगो लागेका कारण नियन्त्रणमा लिन प्रशासनलाई अनुरोध गरेको बताए । आगो कसरी लाग्यो भन्ने बारे नखुलेको बताए । खडेरीका कारण विभिन्न आगोलागिका घटनाहरु बढेका छन् । पुरा पढौ

पोखरामा ८ लाखको सुनका गहना र नगद गहना चोरी गरेको आरोपमा तीन जना पक्राउ

चोरी
पोखरा, १२ फागुन/ पोखरा महानगरपालिका २६ विजयपुर सम्पदा टोलबाट करिब ८ लाख रुपैयाको सुनका गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । प्रहरीले फागुन १ गते सुनका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रकाउ गरेको हो । सुनका गरगहना चोरी गरेको आरोपमा स्याङ्जाको फेदिँखोला गाउँपालिका ३ घर भई पोखरा–२६ बस्ने विसन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी घर भई पोखरा २६ बस्ने अर्जुन नेपालीलाई पक्राउ गरको… पुरा पढौ

मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा

मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा
पोखरा, १२ फागुन/ नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ । गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलत भएर गजल सन्ध्या पुनर्गठित भएको छ । समितिको उपाध्यक्षमा कपिल शर्मा र सचिवमा उदीपराज ढुंगाना छन् । दुबै सन्ध्याको पूर्व अध्यक्ष थिए । कोषाध्यक्षमा यसअघिका सदस्य विष्णु सुवेदी… पुरा पढौ