
चोरी
पोखरा, २८ चैत/ पोखरा महानगरपालिका १७ को एक घरबाट मंगलबार साँझ सुनका गहना चोरी भएको छ ।
पोखरा महानगरपालिका–१७ माछापुच्छ्रे मार्गस्थित दीपा कुँवर थापाको घरबाट ५ तोला बराबरका सुनका विभिन्न गरगहना चोरी भएको हो ।
चोरीमा संगलनको खोजि गरिरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएका छन् ।
पोखरा १७ मा दशै तिहारका बेलामा करिब २२ तोला सुन चोरी भएको थियो । केही दिन अगाडी अन्नपुर्ण गाउँपालिकाका विभिन्न ठाउँमा चोरी भएको थियो ।





