
अर्घाखाँचीबाट पोखरा आउदै गरेको कार दुर्घटना
पोखरा, २८ चैत/ अर्घाखाँची पाणीनीमा ग ३ च ४५७४ नम्बरको कार दुर्घटनामा परेको छ ।
बिहान ९ः३० बजे अर्घाखाँची पाल्पा हुँदै पोखारा आउने क्रममा पाणिनि ८ पाली कोलडाँडामा दुर्घटना भएको हो । सडक देखि करिब १५० मिटर तल खस्दा गाडिमा सवार ७ जना यात्रु घाइते भएका छन् ।
घाइते मध्ये एक जना बच्चा सहित ३ जनाको अबस्था गम्भिर रहेको छ । घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्क उचार भईरहेको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टर मार्फत पोखरा ल्याउने तयारी भइरहेको छ ।





