
सार्वजनिक विदा
पोखरा, २८ चैत/ सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिना उपासेर मनाइन्छ । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।
चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।





