पोखरामा जैविक कृषि विविधता अन्र्तराष्ट्रिय सम्मेलन शुरु, ३२ देशका करिब दुई सय सहभागि

-


     क्लिक गण्डकी     
     चैत्र २७ गते २०८० मा प्रकाशित


पोखरामा जैविक कृषि विविधता अन्र्तराष्ट्रिय सम्मेलन शुरु, ३२ देशका करिब दुई सय सहभागि

पोखरामा जैविक कृषि विविधता अन्र्तराष्ट्रिय सम्मेलन शुरु, ३२ देशका करिब दुई सय सहभागि

पोखरा, २७ चैत/ पोखरामा कृषि जैविक विविधता सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । फरेष्ट एण्ड फार्म प्रोड्यूसर अर्गनाइजेसनको आयोजनामा कृषि जैविक विविधता सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको हो ।

सम्मेलनमा ३२ देशका झण्डै दुई सय जना कृषि विशेषज्ञ, कृषि क्षेत्रमा काम गर्ने, वन क्षेत्रमा काम संघसंस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरुको सहभागिता रहेको छ ।

उद्घाटन शत्रको अध्यक्षता गरेका वन तथा वातावरण मन्त्री नवलकिशोर शाहले कृषि जैविक विविधता सहित उत्पादन बृद्धि गर्नुपर्ने बताए । उनले जैविक विविधता संरक्षणको जिम्मेवारी किसान मै हुने बताउँदै उनले किसान उत्पादक मात्र नभएर जैविक विविधताको संरक्षक भएको बताए ।

त्यसै गरी कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले नेपाल जैविक विविधताको धनी देश भएको बताइन् । उनले नेपालमा ६ हजार ६ सय १८ प्रजातिका बालीहरु उत्पादन हुने गरेको बताइन् ।

रैथाने बाली संरक्षण चुनौतिपूर्ण अवस्थामा रहेको बताउँदै उनले यसको संरक्षणमा संघ, प्रदेश र स्थानिय तह गरेर तीनै तहले गनु पर्ने बताइन् । उनले

फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसनका नेपाल र भुटान प्रतिनिधि केन सिमिजुले नेपाल जैविक विविधतामा धनी भएपनि जलवायु परिवर्तनको जोखिममा रहेको बताए । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का अध्यक्ष ठाकुर भण्डारीले कृषि र वनलाई एकीकृत योजना बनाएर नेपालले काम गर्ने प्रयास गरिरहेको बताए ।

कृषि जैविक विविधताको संरक्षण, सम्वद्र्धन गर्दै त्यसको अभ्यासबारे ज्ञान आदानप्रदान गर्ने आयोजकले जनाएको छ । चार दिनसम्म चल्ने सम्मेलनले पोखरा घोषणापत्रसमेत जारी गर्दै सकिने छ ।



This will close in 10 seconds