समाचार

वडाध्यक्ष थापालाई लण्डनको लेविसम काउन्सीलका मेयरबाट सम्मान

वडाध्यक्ष थापालाई लण्डनको लेविसम काउन्सीलका मेयरबाट सम्मान
पोखरा, १८ पुस/ पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा बेलायतको लण्डन शहरको दक्षिण पूर्वि भेगमा रहेको स्थानीय निकाय बरो अफ लेविसम काउन्सीलका मेयरबाट सम्मानित भएका छन् । एभरेष्ट इन समूहको सहकार्यमा सामाजिक एवं सामुदायिक हितका लागि कार्य गरेवापत अध्यक्ष थापालाई मेयर ताउसेफ अनवरले लेविसम काउन्सीलमा सम्मान गरेका हुन । बेलायत भ्रमणमा रहेका थापालाई सम्मान गर्दै, मेयर एवं काउन्सीलका प्रवक्ता समेत रहेका अनबरले आफ्नो नगर र पोखरा महानगरका बिच मित्रताका लागि चाँडैनै संझौता हुने विश्वास व्यक्त गरे ।… पुरा पढौ

रवि लामिछानेलाई खोइला हान्ने रानाभाट रिहा

पोखरामा रवि लामिछानेलाई खोइलो प्रहार, खोइलोलाई सजाए राख्ने घोषणा
पोखरा, १८ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोइला प्रहार गरेका लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् । मंगलबार उनलाई साधारण तारेखमा रिहा गरेको हो । पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोइला प्रहार गरेका थिए । त्यसपछि पक्राउ परेका रानाभाटलाई लामिछानेले नथुन्न र कारबाही नगर्न भनेपनि प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान गर्न म्याद थपेको थियो । उनलाई १० दिन म्याद थप भएको थियो । कास्की जिल्ला प्रशासनले उनलाई साधारण तारेखमा… पुरा पढौ

पोखरा २३ सिधानेका यामबहादुरलाई पञ्चासे हर्पन डाँडा युके समाजको आर्थिक सहयोग

पोखरा २३ सिधानेका यामबहादुरलाई पञ्चासे हर्पन डाँडा युके समाजको आर्थिक सहयोग
पोखरा, १७ पुस/ पोखरा २३ सिधानेका आर्थिक अवस्था कमजोर भई उपचारमा समस्यामा परेका यामबहादुर गुरूङलाई पन्चासे हर्पन डॉडा युके समाजले आर्थिक सहयोग गरेको छ । पन्चासे हर्पन डॉडा युके समाजको विशेष पहलमा संकलन गरिएको ९ लाख २५ हजार ३ सय ३४ रूपैयाँ समाजका अध्यक्ष देउकाजी गुरूङले सोमबार हस्तान्तरण गरे । याम गुरूङको गत मंसिर ८ गते मनमोहन अस्पतालमा अप्रेशन गरि देव्रे खुट्टा काटिएको थियो। आर्थिक अवस्था कमजोर भएका ४० वर्षीय याम बहादुर गुरूङ गांउमै किसानी काम गर्दै आएका छन् ।… पुरा पढौ

सूर्यदर्शन सहकारीको रकम हिनामिना आरोपी दुई जना प्रहरी हिरासतमा

सूर्यदर्शन सहकारीको रकम हिनामिना
पोखरा, १७ पुस/ पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका दुई जना प्रहरी हिरासतमा परेका छन् । शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र आइटी प्रमुख भविश्वर अर्याल हिरासत पुगेका छन् । उनीहरु दुवैजना मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । दुवैजनाको मंगलबार अदालतमा बयान लिइएको छ । बयान नसकिएपछि बुधबार पुनः बयान लिने र थुनछेक बहस चल्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । सूर्यदर्शन सहकारीको ठगी आरोपमा प्रहरीले १९ जनाविरुद्ध… पुरा पढौ

सहकारी ठगी प्रकरणः मित्रमिलनका ४ जना पुर्पक्षका लागि थुनामा

मित्रमिलन सहकारी
पोखरा, १७ पुस/ पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउमा जिल्ला अदालत कास्कील ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कुश्मा प्रमुख प्रशासकीय अधिकृत रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायधीश ऋषिराज आचार्यको इजलाशले सहकारी ठगी प्रकरणमा जोडिएका पराजुली सहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पराजुलीले राजिस्ट्रार हुदाँ मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख… पुरा पढौ

पोखराबाट अन्तराष्ट्रिय उडान गर्न हिमालय एयरलाइन्स तयार

पोखराबाट अन्तराष्ट्रिय उडान गर्न हिमालय एयरलाइन्स तयार
पोखरा, १७ पुस/ पोखराबाट नियमित अन्तराष्ट्रिय उडान गर्न हिमालय एयर लाइन्स तत्पर देखिएको छ । मंगलवार पोखरा पर्यटन परिषदले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, हिमालय एयर लाइन्सका अध्यक्ष झाओ एनयोग र पोखराका पर्यटन व्यवसायीका बिच भएको अन्तरक्रियामा हिमालयन एयरलाईन्सले त्यस्तो बताएको हो । हिमालय एयरलाइन्सका अध्यक्ष झाओ एनयोंगले पोखराबाट अन्तराष्ट्रिय उडान गर्न चिनिया पक्ष, नेपाली पक्ष र एयरलाइन्सले संयुक्त प्रयास गनुपर्ने बताए । हिमालय एयरलाइन्सलाई नेपालमा आन्तरिक उडान गर्ने अधिकार नभएकाले पोखराबाट काठमाडौंबाट खाली जाँदा थप खर्च बेहोर्नुपरेको बताए… पुरा पढौ

विश्वकै ठुलो टोपीलाई लेकसाईड परिक्रमा गरि टोपी दिवस मनाईयो

विश्वकै ठुलो टोपीलाई लेकसाईड परिक्रमा गरि टोपी दिवस मनाईयो
पोखरा, १६ पुस/ ११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले सम्भवत विश्वकै ठुलो ढाका टोपीलाई लेकसाईड परिक्रमा गराएको छ। “हाम्रो टोपी हाम्रो शान“ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउदै आएको नेपाली टोपी दिवसमा यसपाली सम्भवत विश्वकै ठुलो ढाका टोपीलाई हल्लन चोक देखि फिस्टेल गेट सम्म परिक्रमा गराईएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले बताए। नेपाली टोपी प्रतिष्ठान गण्डकीको संयोजन र जस्मिन पेन्ट्सको सहयोगमा उक्त ढाका टोपीलाई परिक्रमा गराउन रेवान पोखराले समेत सहयोग गरेको थियो। २५ औं सडक… पुरा पढौ

पोखरा कप पुरुष भलिबलको उपाधी पर्वत भलिबल क्लबले जित्यो

पोखरा कप पुरुष भलिबलको उपाधी पर्वत भलिबल क्लबले जित्यो
पोखरा, १६ पुस/ २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ । पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो । विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने दोस्रो भएको टफ… पुरा पढौ

गौरीघाट र फिटनेश हबले जित रस्साकसी, खसी, बोका र कुखुराको भाले पुरस्कार

गौरीघाट र फिटनेश हबले जित रस्साकसी, खसी, बोका र कुखुराको भाले पुरस्कार
पोखरा, १६ पुस/ रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सव अन्र्तगत रस्साकसी प्रतियोगितामा पुरुषतर्फ गौरीघाट ‘ए’ प्रथम भएको छ । गौरीघाटकै ‘बी’ टिमलाई पराजित गर्दै गौरीघाट ‘ए’ ले प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगितामा डेमसाइड फिटनेश हबले पावरहाउस टिमलाई पराजित गर्दै तेश्रो स्थान हाँसिल ग¥यो । प्रथम हुने टिमले खसी, दोश्रोले बोका र तेश्रो हुने टिमले दुईवटा कुखुराको भाले पुरस्कार पाए । महिलातर्फ फिटनेश हब डेमसाइड प्रथम र त्रिपुरा महिला नारी समुह दोश्रो भए । उनीहरुले क्रमश नगद… पुरा पढौ

पोखरा १७ र २१ जोड्ने फुर्सेखोलाको दम्सादी पुल निमार्णमा ढिलाई

पोखरा १७ र २१ जोड्ने फुर्सेखोलाको दम्सादी पुल निमार्णमा ढिलाई
पोखरा, १६ पुस/ पोखरा महानगरपालिका वडा नम्बर १७ र २१ जोड्ने फुर्सेखोलाको दम्सादी घाँट पुल पाँच वर्ष पुग्दा पनि बन्न सकेको छैन । तीन वर्षमा नै सक्ने गरी निमार्ण कम्पनीले ठेक्का लिए पनि पाँच वर्ष सम्म पुल सम्पन्न हुने चरणमा छैन । पुल नहुदा वर्षा याममा वारपार गर्न कठिन हुने गरेको छ । पुल निमार्ण नहुदाँ सर्वसाधारण दुःख खेप्नु परेको स्थानीय बिनोद पराजुलीले बताए । पुल निर्माणका लागि सम्झौता गरेको ५ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । पुल… पुरा पढौ