समाचार

गण्डकी प्रदेशको प्रदेश प्रमुखमा डिल्लीराज भट्ट

गण्डकी प्रदेश
पोखरा, २९ फागुन/ सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिन् । नयाँ नियुक्तिका लागि सिफारिस गरिएका प्रदेश प्रमुखहरू तीनैजना नेकपा एमालेका हुन् । डिल्लीराज भट्ट डोटीका हुन् र उनी नेकपा एमालेका सल्लाहकार छन् । उनी राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका थिए । झापाकी सुमित्रा… पुरा पढौ

पाँच करोडमामा यस्तो बन्दै छ पोखरा भवन, मेयर आचार्यले गरे शिलान्यास

पाँच करोडमामा यस्तो बन्दै छ पोखरा भवन, मेयर आचार्यले गरे शिलान्यास
पोखरा, २७ फागुन/ पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा पोखरा भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोक (साबिक गोलघर) मा बन्ने उक्त भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरे । पर्यटन सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघर समेत रहने गरी निर्माण गर्न लागिएको पोखरा भवन पोखराको कोसेली घरको रूपमा रहने छ । भवनमा व्यवस्थित सूचना केन्द्र, सुव्यवस्थित पुस्तकालय, आकर्षक आर्ट ग्यालरी र टपमा घण्टा घर रहने प्रमुख आचार्यले बताए । ०८२ को घटस्थापनाका दिन… पुरा पढौ

स्काउट गण्डकी प्रदेश परिषदको सपथ ग्रहण

स्काउट गण्डकी प्रदेश परिषदको सपथ ग्रहण सम्पन्न
पोखरा, २६ फागुन/ नेपाल स्काउट गण्डकी प्रदेश परिषदको प्रथम बैठक सम्पन्न भएको छ। गत माघ २७ गते भएको प्रदेश परिषदको निर्वाचनमा गण्डकी प्रदेशबाट २२ जना स्काउटर बिजयी भएका थिए। नेपाल स्काउट राष्टिय कार्यकारी समिति सदस्य आशिर्वाद सुबेदिले निर्वाचितहरुलाई सफतग्रहण गराउनु भएको थियो । सोही अवसरमा नबनियुक्त प्रदेश आयुक्त सागर पौडेलले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश परिषद मा निर्वाचितहरु मध्यबाट निबर्तमान सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुसिला सिम्खडाले फाल्गुन ६ गते नेपाल स्काउटको नियमावली ले गरेको ब्यबस्था बमोजिम प्रदेश आयुक्तको… पुरा पढौ

आइतबार १ बजे पछि पोखरा महानगरका सबै कार्यालय बन्द

पोखरा महानगरपालिका
पोखरा, २६ फागुन/ पोखरा महानगरपालिका अन्तर्गतका सबै कार्यालय फागुन २७ गते आइतबार दिउँसो १ बजे पछि बन्द हुने भएको छ । महानगरको सातौं स्थापना दिवस मनाउनका लागि दिउँसो १ बजेदेखि सेवा बन्द गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जारी गरेको सूचनामा उल्लेख छ । सूचनामा सबै वडा कार्यालय, महाशाखा र शाखाहरु बन्द हुने छन् । पुरा पढौ

टेवानद्धारा स्व.हुतराज श्रेष्ठ स्मृति पुरस्कार अक्षयकोष स्थापना

टेवानद्धारा स्व.हुतराज श्रेष्ठ स्मृति पुरस्कार अक्षयकोष स्थापना
पोखरा, २६ फागुन/ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) ले स्व. हुतराज श्रेष्ठ स्मृति पुरस्कार अक्षयकोष स्थापना गरेको छ । नारी दिवसका अवसरमा टेवानले स्वर्गीय पर्यटन व्यवसायी हुतराज श्रेष्ठको नाममा साढे पाँच लाख रुपैयाँको पर्यटन पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको हो । टेवानकी संस्थापक सदस्य तुमला श्रेष्ठले दिवंगत श्रीमान् हुतराज श्रेष्ठको सम्झनामा ५ लाख, ५१ हजार, १ सय ११ रुपैयाँ टेवानको पर्यटन पुरस्कार अक्षयकोषमा स्थापनाका लागि सहयोग गरेकी छन् । श्रेष्ठले टेवानका अध्यक्ष कमल… पुरा पढौ

कास्कीको सिल्दुजुरे नजिकै केन्द्रबिन्दु भएर भूकम्पको धक्का

कास्कीको सिल्दुजुरे नजिकै केन्द्रबिन्दु भएर भूकम्पको धक्का
पोखरा, २६ फागुन/ कास्कीको सिल्दुजुरेबाट करिब ५ किलोमिटर नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार विहान साढे सात बजे ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भने जानकारी दिन बाकी नै छ । भूकम्पको धक्का कास्की आसपासका जिल्लामा समेत महशुस भएको थियो । पुरा पढौ

पोखरामा भूकम्पको धक्का

भूकम्प
पोखरा, २६ फागुन/ पोखरामा शनिबार बिहान भूकम्पको धक्का महशुस भएको छ । बिहान ७ः३० मिनेटमा भूकम्पको धक्का महशुस भएको हो । कति रेक्टर स्केलको हो भन्ने विवरण आइसकेको छैन । पुरा पढौ

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकीका १६ महिला ५०/५० हजार नगद सहित सम्मानीत

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकीका १६ महिला ५० ५० हजार नगद सहित सम्मानीत
पोखरा, २५ फागुन/ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकीका १६ महिलालाई ५० /५० हजार नगद सहित सम्मानीत भएका छन् । सम्मान हुनेमा राससका फोटो पत्रकार राधिका कँडेल, पत्रकार दुर्गा अधिकारी, प्रतिक्षा काफ्ले, सामाजिक अभियान्ताद्वय कमला पराजुली, विना सिलवाल, साहसिक पर्यटनतर्फ फुन्जो झाङम लामा, पूर्णिमा श्रेष्ठ, मनु गुरुङ, दिकी ल्हमु लामा, नानुमाया गुरुङ र कमला गिरी खेलकुकर्मि रेखमाया गुरुङ, भाषा संस्कृतितर्फ तारामाया थापा र उद्यमशीलतातर्फ चन्द्रकला राना, कान्छी गुरुङ र हिरा भट्टराई सम्मानित भएका छन् । कार्यक्रममा विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट… पुरा पढौ

टेवानकी अध्यक्ष कमला गिरी गण्डकी प्रदेश सरकारबाट सम्मानित

टेवानकी अध्यक्ष कमला गिरी गण्डकी प्रदेश सरकारबाट सम्मानित
पोखरा, २५ फागुन/ पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)की अध्यक्ष कमला गिरी गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट महिला व्यवसायीका रूपमा सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले टेवानकी अध्यक्ष गिरीलाई पर्यटन विधातर्फ उत्कृष्ट महिला व्यवसायीका रूपमा पचास हजार रुपैयाँ नगद सहित सम्मान गरेको हो । पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै पर्यटन क्षेत्रका महिलाहरूको हक, अधिकार र क्षमता अभिवृद्धि गर्नुका साथै सामाजिक रूपान्तरणमा पनि योगदान गरेको भन्दै गण्डकी प्रदेश सरकारले गिरीलाई सम्मान… पुरा पढौ

शिवरात्रि पर्वमा पुम्दीकोटमा १० हजारभन्दा बढी दर्शनार्थी

पुम्दिकोट विशाल महादेव
पोखरा, २५ फागुन/ पोखरा महानगरपालिका– २२ पुम्दी भुम्दीमा रहेको बिशाल महादेवको मूर्ति परिसरमा एकै दिन १० हजार बढि पुगेका छन् । महाशिवरात्रि पर्वको अवसरमा आज बिहानदेखि दर्शनार्थी र पर्यटकहरूको अत्यधिक भिड भएको पुम्दीकोट विकास संस्थाका अध्यक्ष चन्द्रकान्त बरालले बताए । उनले महाशिवरात्रि पर्वको अवसरमा १० हजारभन्दा बढी दर्शनार्थीहरु पुम्दीकोटमा एकै दिनमा भुमेश्वर (महादेव) को दर्शन गर्न तथा दूध चढाउन आएको बताए । दर्शनार्थीहरुले बिशाल महादेवको मूर्ति परिसरमा पुगेर पूजाआजासहित एक सय ८ शिव लिङ्गमा दूध समेत चढाएका छन् ।बिहानैदेखि अत्यधिक… पुरा पढौ