करेन्ट लागेर स्याङ्जामा एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     चैत्र ११ गते २०८० मा प्रकाशित


करेन्ट

करेन्ट

स्याङ्जा, ११ चैत/ स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ भेडावारी झाँक्रीथानका ५२ वर्षका हर्कबहादुर थापा रहेका छन् ।

बाटोमा लतारिएको बिजुलीको तार छोइँदा थापालाई करेन्ट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर रानाले बताए ।

उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाकासम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी रानाले जानकारी दिए ।