
शव
रूपन्देही, १४ चैत/ पाल्पामा १९ वर्षकी युवतीको घाँटी रेटेर हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मंगलबार साँझ युवतीको शव फेला परेको छ ।
मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरी हत्या भएको अवस्थामा स्थानीयले देखेका थिए ।
दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
मृतक पद्मा ख्याहा शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गर्ने बताए । भैरहवाबाट कुकुर सहितको टोली घटनास्थल पुगिसकेको छ ।







