समाचार

पोखराको बुलौदीमा मोटरसाकइल दुर्घना हुदाँ २ जनाको मृत्यु

पोखराको बुलौदीमा दुर्घटना
पोखरा, १९ फागुन/ पोखरामा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जना को मृत्यु भएको छ । पोखरा महानगरपालिका– ७ बुलौदीमा अन्दाजी ३ः४५ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । हल्लनचोकबाट जिरोकिलोमिटरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाईडरमा ठोक्किदा गम्भिर घाइते भएका कैलाली सोरहनपुर ३ घर भएका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय सैलेन्द्र कुमार उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु… पुरा पढौ

पोखरा मुग्लिङ सडक खण्डको काम तिव्र, पूर्वीखण्डको ५१ प्रतिशत, पर्यटन व्यवसायी उत्साहित

पोखरा मुग्लिङ सडक खण्डको काम तिव्र, पूर्वीखण्डको ५१ प्रतिशत, पर्यटन व्यवसायी उत्साहित
पोखरा, १९ फागुन/ पृथ्वी राजमार्ग अन्तर्गत पोखरा मुग्लिङ सडक खण्डको स्तरउन्नतीको काम तिव्र गतिमा भई रहेको छ । हालसम्म पूर्वतर्फ ५१ प्रतिशत र पश्चिम खण्ड तर्फ १७.५ प्रतिशत काम पूरा भएको निर्माण आयोजनाले जानकारी दिएको छ । पूर्वीखण्ड तर्फ ५१ प्रतिशत काम सम्पन्न भएको र कामलाई तिव्रता रुपमा अगाडि बढाइएको पूर्वीखण्ड आयोजनाका प्रवक्ता इ.विष्णु पाण्डेले जानकारी दिए । उनले १२ किलोमिटर दुई तर्फि र ८ किलोमिटर एक तर्फि पिच भई सकेको बताए । पश्चिम खण्ड तर्फ पछिल्लो दिनमा कामले थप… पुरा पढौ

पोखराको जिरोकिमिबाट ९ जना जुवाडे पक्राउ

जुवा तास
पोखरा, १८ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ५ जिरोकिमीबाट ९ जना जुवाडे रंगेहात पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नगद ९३ हजार र ३ बुक तास सहित पक्राउ गरेको हो । जिरो किमीस्थित धौलागिरी आगमन होटल एण्ड रेष्टुरेन्टमा जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाले जानकारी दिए । पक्राउ पर्नेमा पोखरा–५ प्रस्याङ बस्ने वर्ष ५१ का काजीमान बल, वर्ष २३ का अन्तिम भन्ने अस्मिन गुरुङ, वर्ष ३२ का टोपबहादुर श्रीस,… पुरा पढौ

फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइयो

फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइयो
पोखरा, १७ फागुन/ फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा विभिन्न कार्यक्रम गरी यस महिनालाई अभियान स्वरूप आयोडिन महिनाका रूपमा मनाइएको हो । महिना भरि विभिन्न चेतनात्मक कार्यक्रम गरिएको महानगरको स्वास्थ्य महाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो । महिनाभरि समन्वयात्मक, चेतनात्मक र जानकारी मूलक विभिन्न कार्यक्रमहरू गरिएका उहाँले बताउनुभयो । आयोडिन मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषकतत्व भएकाले यस सम्बन्धमा नागरिक सचेतना अभिवृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख… पुरा पढौ

पोखरामा बालबिबाह मुद्दामा २ जना पक्राउ

पोखरामा बालबिबाह मुद्दामा २ जना पक्राउ
पोखरा, १७ फागुन/ कास्की प्रहरीले बालबिबाह मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिकाका सरस्वती विक र विनिता सुनार रहेका छन् । जिल्ला अदालत कास्कीले माघ १० गते सरस्वतीलाई ३ महिना कैदसहित २ हजार ५ सय रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ दाखिला गर्न फैसला गरेको थियो । त्यसमा उनले २ महिना १८ दिन कैद सजाय र २ हजार ७ सय रुपैयाँ भुक्तान गर्न बाँकी छ । त्यसै गरी बिनिता सुनारको हकमा ३… पुरा पढौ

ओटेफको साधारणसभामा पत्रकार पाण्डे सम्मानित

ओटेफको साधारणसभामा पत्रकार पाण्डे सम्मानित
पोखरा,१६ फागुन / पोखराका पत्रकार घनश्याम पाण्डे सम्मानित हुनुभएको छ । महिला पर्यटन व्यवसायी मञ्च९ओटेफ०ले छैटौं साधारणसभाको अवसरमा उहाँलाई सम्मान गरेको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाण्डेलाई नगद सहित सम्मान प्रदान गर्नुभयो । पत्रकारिताका माध्यमबाट पर्यटन विकासमा योगदान गरेकामा उहाँलाई सम्मान गरिएको ओटेफका अध्यक्ष उमा रेग्मी भण्डारीले बताउनुभयो । सम्मानित पाण्डे प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष तथा पर्यटन पत्रकार महासंघ गण्डकीको महासचिव समेत हुनुहुन्छ । हाल उहाँ पोखरा टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत रहनुभएको छ… पुरा पढौ

पोखरामा पर्यटकहरुलाई दुःख दिने ९ जना पक्राउ

पोखरामा पर्यटकहरुलाई दुःख दिने ९ जना पक्राउ
पोखरा, १६ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोक, मुस्ताङ चोक स्थितमा सर्वसाधरण महिला तथा पुरुषहरु र अन्यत्र स्थानबाट आएका पर्यटकहरुलाई दुःख दिएको भन्दै कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । उनीहरुले जबरजस्ती सवारी साधनबाट ओरल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरु तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुःख हैरानी, अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेको कास्की निमित्त प्रहरी प्रवक्ता सुर्य बहादुर रानाले जानकारी दिए । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पाँच दिनको… पुरा पढौ

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज देखि

गण्डकी प्रदेशसभा
पोखरा, १६ फागुन/ गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ । लामो सयम पछि शुरु हुन लागेको अधिवेशनमा विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ विजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस गर्ने तयारी छ । सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्… पुरा पढौ

पोखरामा मगर दिवसः मौलिक कला संस्कृति, भाषा, भेषभुषा पुस्तान्तरण हुनुपर्छ- मेयर आचार्य

पोखरामा मगर दिवसः मौलिक कला संस्कृति, भाषा, भेषभुषा पुस्तान्तरण हुनुपर्छः मेयर आचार्य
पोखरा, १५ फागुन/ पोखरामा मगर समुदायले ४२ औं मगर एकता दिवस मनाएका छन् । नेपाल मगर संघको स्थापना दिवस फागुन १५ लाई मगर समुदायले एकता दिवसको रुपमा मनाउँदै आएका छन् । नेपाल मगर संघ कास्कीको आयोजनामा पोखराको मानवअधिकार चोकबाट सुरु भएको झाँकी ¥यालीसहित महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृहमा आएर औपचारिक कार्यक्रममा सुरु भएको थियो । नेपाल मगर संघको स्थापना दिवसको अवसरमा पोखरामा आयोजित ४२ औं मगर एकता दिवसको उद्घाटन पछि बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले मगर समुदायको मौलिक कला,… पुरा पढौ

पत्रकार रमेश पौडेललाई मातृशोक

पत्रकार रमेश पौडेललाई मातृशोक
पोखरा, १५ फागुन/ पत्रकार रमेश पौडेललाई मातृशोक परेको छ । रेडियो बाराहीका प्रबन्ध निर्देशक तथा नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबार निधन भएको हो । उनको गएराति मध्यरात १२ः४४ बजे कुस्मा ९ कटुवा चौपारी ज्ञादी स्थित निवासमा निधन भएको हो । उनका ५ छोराहरु स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र सहदेव पौडेल र दुई छोरीहरु सिता सापकोटा र विना अधिकारी रहेका छन् । स्वर्गीय पौडेलको आज (मंगलबार) विहान ११… पुरा पढौ