पोखरामा सडकमा मागेर हैरान पार्ने २५ जना पक्राउ

-


     क्लिक गण्डकी     
     चैत्र १ गते २०८० मा प्रकाशित


पोखरा, १ चैत /पोखराका विभिन्न ठाउँमा मागेर हैरान पार्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई उद्धार गरेर मानव सेवा आश्रम लगिएको छ ।

बिहीबार वडा प्रहरी कार्यालय बगर र पोखरा महानगर प्रहरीले ती व्यक्तिहरुलाई उद्धार गरेर मानव सेवा आश्रम पुर्याएको हो ।

विभिन्न स्थानहरुमा माग्दै हिड्ने २५ जना व्यक्तिहरुलाई उद्दार गरी ९ जना पुरुषलाई मानव सेवा आश्रम हेम्जा र ४ जना महिलालाई मानव सेवा आश्रम छोरेपाटन, ९ जना बालकहरुलाई अम्मरसिंह बाल हेल्प लाईन र ३ जना बालिकाहरुलाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

भिक्षा माग्न कानुनले निषेध गरेको छ । पोखरालाई सडक मानव सहयोगापेक्षी मुक्त घोषणा गरिएको छ । यस्तो अवस्थामा पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न प्रहरीले नदिने बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई रोक लगाइएको प्रहरीले जानकारी दिएको छ ।



This will close in 10 seconds