चट्याङ लागेर सहायक प्रहरी हवल्दारको मृत्यु

-


     क्लिक गण्डकी     
     चैत्र ७ गते २०८० मा प्रकाशित


चट्याङ

चट्याङ

चैत ७ / पाँचथरमा चट्याङ लागेर सहायक प्रहरी हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मौवा पाँचथर दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत सहायक प्रहरी हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिए ।

मोरङ ग्रामथान गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय उनी मंगलबार राति गस्ती गरिरहेको बेलामा पानी र चट्याङ परिरहेको थियो ।

गस्ती गरी फर्किएर ब्यारेकको ढोकामा उभिरहेका उनलाई चट्याङले लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा लगिएको थियो ।

त्यहाँबाट पाँचथर जिल्ला अदालतमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ ।



Tags: