
पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा
सागर राज तिमिल्सिना
पोखरा, ४ चैत /पोखरा शहर सहतिको क्षेत्रलाई पर्यटकीय राजधानी घोषणा भएको छ । आईतबार पोखरामा भव्य समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरे । उनले पोखरा प्राकृतिक, साँस्कृतिक, शाहसिक पर्यटकीय क्षेत्र र पर्यटको आकर्षकको केन्द्रका रुपमा रहेका कारण राजधानी घोषणा गरेको बताए ।
विभिन्न सास्कृतीक झाँकी सहित पोखराका फिष्टेल गेटबाट शुरुभएको ¥याली फेवाताल किनारमा पुगेर औपचारी कार्यक्रममा परिणत भएको थियो । पोखरालाई पर्यटकीय शहर घोषणा गर्दै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न आवश्यक पहल गर्ने बताए ।
उनले पोखराबाट अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडान गर्न र विमानस्थलको खर्चबारे नयाँ ढंगले व्यवस्थापन गर्न लागेको बताए । प्रधानमन्त्री दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा पश्चात राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत, कानूनी र बजेटको व्यवस्था गर्ने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने, बेगनास तालमा क्रुज सिप सञ्चालन गरे पर्यटकलाई अझ आक्रषण बताउने बताए । उनले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत ध्यान केन्द्रको रुपमा एउटा ध्यानकेन्द्र निर्माण गर्ने बताए । मुख्यमन्त्री पाण्डेले समितिले दिएको प्रतिबेदन अनुसार संरचनाहरु बताउदै जाने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, साँस्कृतिक शाहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शिर्ष पर्यटीय गन्तव्यको रुपमा पोखरा ख्याती प्राप्त रहेको बताए । उनले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिए ।

कार्यक्रमा पोखरालाई चिनाउन योगदान दिएको भन्दै प्राकृत पोखराका लेखक साहित्यकार भाषाविद् प्रा.डा मुकुन्द शरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङ मरणोपरान्त सम्मान र गायक, सङ्गीतकार तथा साहित्यकार स्व.प्रेम प्रकाश मल्ल मरणोपरान्त सम्मान गरेको छ । कार्यक्रममा कन्दरा ब्यान्ड मुख्य गायक विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, गायक प्रकाश सपुत गायक धर्मेन्द्र सेवानले गित प्रस्तुत गरेका थिए । गायक प्रकाश सपुतको गितमा प्रधानमन्त्री सहित विशिष्ट अतिथि छमछम नाचेका थिए ।





