
शव
विराटनगर, २ चैत /विराटनगरमा डेरा बसेको घरभित्र स्टाफ नर्सको शव फेला परेको छ । स्टाफ नर्सको हत्या उनकै प्रेमीले गरेको आशंका प्रहरीले गरेको छ ।
पुष्टि भइसकेको छैन । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ । विराटनगर महानगरपालिका–४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार शव फेला परेको थियो ।
दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् ।
डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि फालेको अवस्थामा शव भेटिएको हो ।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको छ । उनको हत्या प्रेमीले गरेको आशंका प्रहरीले गरेको छ ।







