पोखराको काहुँमा भीषण आगलागी

-


     क्लिक गण्डकी     
     चैत्र ५ गते २०८० मा प्रकाशित


पोखराको काहुँमा भीषण आगलागी l तस्बिर दिपेन्द्र श्रेष्ठको फेसबुकबाट

पोखरा, ५ फागुन/ पोखरा ११ काहुँडाँडामा भिषण आगलागी भएको छ । काहुँडाडामा सोमबार राति करिब साढे ८ बजे देखी जंगलबाट सल्किएको आगो भिषण रुपमा लिएको छ । आगो नियन्त्रणमा लिन दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय लागेका छन् ।

जंगलमा बलिरहेको आगो बस्तीमा आउने जोखिमलाई ध्यानमा राख्दै दमकल सहितको टोली खटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । अहिले पोखराका मणिपाल अस्पताल र काहुँडाडामा दमकल स्ट्याडबाइ राखेको बताए ।

उनले जंगलमा लागेको आगो निभाउन दमकल जान नसकेको बताए । आगो बस्ती देखी करिव एक सय मिटरको फरक सम्म आएको बताए । बस्तीमा आगो पस्न नदिन विशेष सतर्कता अपनाएको उनले बताए ।

मणिपाल शिक्षण अस्पतालको माथिल्लो भेगमा आगो लागेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । आचार्यले आज मात्रै यो सहित पोखराका ८ ठाउँमा आगो लागिका भएको बताए ।

उनका अनुसार २ वटा दमकल परिचालन भएको जानकारी दिए । अहिले आगो भलामतर्फ बढेको प्रहरीको भनाई छ ।