
अर्घाखाँचीबाट पोखरा आउदै गरेको कार दुर्घटना, एक जनाको मृत्यु
पोखरा, २८ चैत/ अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिकामा भएको स्कार्पियो गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
सुपा देउराली दर्शन गरि पोखरा आउदै गरेको ग ३ च ४५७४ नम्बरको गाडी घुम्ती दुर्घटना हुदा भुमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ बर्षिय आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतिति सिंह राठोरले बताए ।
दुर्घटनामा भुमिकास्थान नगरपालिका ८ किमडाडाका ३४ बर्षिय इश्वरी क्षेत्री, ३० बर्षिय सम्झना क्षेत्री, २ बर्षिय इभान्सी क्षेत्री, पोखरा उपमहानगर पालिका १२ हस्पिटल चोक बस्ने ३० बर्षिय सविता अधिकारी, १५ बर्षिय प्रज्वल कडेल, ४२ बर्षीय गीता कंडेल, १० बर्षिय जेसन बस्नेत घाइते भएका छन् ।
गाडी सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ । घाइतेहरुको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





