कास्कीको सिक्लेस लगेर श्रीमतीले श्रीमान्को हत्या, प्रहरीले सार्वजनीक ग¥यो

-


     क्लिक गण्डकी     
     चैत्र ९ गते २०८० मा प्रकाशित


कास्कीको सिक्लेस लगेर श्रीमतीले श्रीमान्को हत्या, प्रहरीले सार्वजनीक ग¥यो

कास्कीको सिक्लेस लगेर श्रीमतीले श्रीमान्को हत्या, प्रहरीले सार्वजनीक ग¥यो

पोखरा, ९ चैत/ कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भएको हत्यामा संलग्नहरुलाई कास्की प्रहरीले सार्वजनीक गरेको छ । चैत ३ गते सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका रामलाल तामाङ मृत भेटिएका थिए ।

हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ गरेर शुक्रबार प्रहरीले सार्वजनीक गरेको छ । सिक्लेस गाउँबाट दक्षिण पाखामा चैत ३ गते रामलाल मृत फेला परेका थिए ।

प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको थियो । रामलाल र उनकी श्रीमती कान्छी भनिने च्याङ्मा तामाङको केही वर्षदेखि सम्बन्ध बिग्रिएकाले अलग्गै बस्दै आएको कास्की डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

रामलालको हत्याको योजना च्याङ्माले नै बनाएको प्रारम्भिक अनुसन्धानमा देखीएको उनले बताए । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले च्याङ्मासँगै धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङलाई पक्राउ गरेको छ ।

धनबहादुर, नवीन तामाङ र अजितले हाइड्रोमा काम गर्ने भनेर रामलाललाई सिक्लेस ल्याएका थिए । सिक्लेस गाउँभन्दा दक्षिण पाखोमा पुगेपछि उनीहरुले रामलालको हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको छ । रामलाललाई हत्या गर्नका लागि उनकी श्रीमतीले धनबहादुरलाई ९० हजार दिएको देखीएको डिएसपी विकले बताए ।