पोखराबाट काठमाडौं जादै गरेको पर्यटक बस तनहुँमा दुर्घटना

-


     क्लिक गण्डकी     
     चैत्र १० गते २०८० मा प्रकाशित


पोखराबाट काठमाडौं जादै गरेको पर्यटक बस तनहुँमा दुर्घटना

पोखराबाट काठमाडौं जादै गरेको पर्यटक बस तनहुँमा दुर्घटना

पोखरा, १० चैत/ पोखराबाट काठमाडौं जादै गरेको पर्यटक तनहुँमा दुर्घटना भएको छ ।

बा १ प ११३९ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन् ।

घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको प्रहरीको भनाई छ । बसमा २६ जना यात्रु सवार थिए । बस बाटो हिलो हुदाँ चिप्लेर सडक मै पल्टिएको थियो ।