नयाँ घर सरेको राति २२ तोला सुन चोरी

-


     क्लिक गण्डकी     
     चैत्र ११ गते २०८० मा प्रकाशित


चोरी

चोरी

पोखरा, ११ चैत/ केही महिना अगाडी पोखराको १३ कुडँहरमा घर सरेको राति नै सुन चोरीको घटना भयो । त्यस्तै घटना अन्नपूर्ण गाउँपालिका–३, काँडेमा भएको छ । काँडेको वराहथानका पुष्पा गुरुङको घरमा शुक्रबार राति चोरी भएको छ ।

चोरले २२ तोला सुनका विभिन्न गरगहना, ५० हजार नगदसहित विभिन्न सामान चोरी गरी लगेको पीडित गुरुङका भाई कुलबहादुर गुरुङ ‘कुलु’ ले बताए ।

ढोका फोडेर घरभित्र छिरेको चोरले ३ वटा दराज तथा १ बाकसमा क्षति पु¥याएर लुटपाट गरेको हो । चोरले क्यामेरा, टेलिभिजन सेट, नयाँ लत्ताकपडा समेत चोरेको छ । रातभर पानी परेको तथा नयाँ घरमा बसाइँ सरेको मौका छोपी चोरले पुरानो घर फोडेको उनको भनाई छ ।

पीडितले भदौरे तामागी प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरमा उजुरी दिएको र चोरीबारे प्रारम्भिक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनायो ।

त्यस क्षेत्रमा केही समय पहिले देउरालीमा पनि एउटा फोडेर करिब १० तोला सुन लत्ता कपडा समेत चोरी गरेको थियो । पोखरामा पनि दशै तिहारको बेला धेरै नै घरहरुमा चोरीका घटना भएका थिए । तर पनि प्रहरीले सुनचोरहरुलाई पक्राउ गर्न सकेको छैन ।



Tags: