पोखरामा प्रहरीसँग विवाद गरेको आरोपमा रेष्टुरण्ट व्यवसायी पक्राउ

-


     क्लिक गण्डकी     
     फागुन २९ गते २०८० मा प्रकाशित


पोखरामा प्रहरीसँग विवाद गरेको आरोपमा रेष्टुरण्ट व्यवसायी पक्राउ

पोखरामा प्रहरीसँग विवाद गरेको आरोपमा रेष्टुरण्ट व्यवसायी पक्राउ

पोखरा, २९ फागुन/ प्रहरीसँग विवाद गरेको आरोपमा पोखराको लेकसाइडबाट रेष्टुरेण्ट व्यवसायी पक्राउ परेका छन् । लेकसाइड ओजन गल्लीमा ‘बिर्यानी फास्ट फुड रेष्टुरेण्ट’ चलाउँदै आएका पोखरा ३०, लेखनाथका निर्मल गौतम रहेका छन् ।

फागुन २६ गते मध्यरातमा ओजनगल्लीमा मदिरा सेवन गरेर युवायुवती होहल्ला गरिरहेको सूचनाका आधारमा नियन्त्रण गर्न जाँदा रेस्टुरेन्ट सञ्चालक गौतमले विवाद गरेपछि पक्राउ गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका गौतमलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लेकसाइडका व्यवसायीले भने लेकसाइडलाई २४ सै घण्टा खुल्ला गर्ने भनिएपनि प्रहरीले राति १० बजे सटर बन्द गर भन्दै आउने गरेको बताएका छन् ।

गौतमलाई पनि प्रहरीले बन्द नगरेको भन्दै पक्राउ गरेको व्यवसायीको आरोप छ । अदालतबाट २४ सै घण्टा खुलाउने आदेश ल्याएपनि प्रहरीले हैरानी दिने गरेको उनीहरुको भनाई छ ।