पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा गर्ने तयारी

-


     क्लिक गण्डकी     
     चैत्र १ गते २०८० मा प्रकाशित


पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य

पोखरा, १ चैत /पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा हुने भएको छ । लामो समय देखी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न व्यवसायीहरुले माग गर्दै आएका छन् । चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानीको रुपमा घोषणा गर्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।

पोखरालाई पर्यंटनको राजधानी बनाउने चर्चा लामो समय देखी चल्दै आएको थियो । आइतबार पोखराको बाराही घाटामा तामझामका साथ पोखरालाई पर्यटकीय राजधानी घोषणा हुने गरी तयारी गरिएको छ । राजधानी घोषणा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् । बसुन्धरापार्कबाट विहान करिब १०ः३० बजे सुरु हुने झाँकी सहितको र्याली बाराही घाटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने निर्णयले पर्यटन व्यवसायमा उत्साह ल्याएको बताए । पोखरा क्षेत्रमा अब लगानी भित्राउन र यहाँको पर्यटन क्षेत्रको लगानी सुरक्षित गर्न थप मद्धत पुग्ने उनको भनाई छ । अध्यक्ष श्रेष्ठले पोखरामा अब बार्षिक २० लाख भन्दा बढी पर्यटन भित्राउन लाग्नु पर्ने बताए ।

पोखरालाई अहिले पनि पर्यटकीय राजधानी भनेर सम्बोधन गर्ने गरीन्छ । तर यसले पर्यटकीय राजधानीको मान्यता भने चैत ४ गते पाउने छ । स्थानीय निर्वाचनमा विजयी भएर आएपछि पोखराका मयेर धनराज आचार्यले पहिलो निर्णय नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेका थिए । त्यसलाई निर्णयमा पु¥याउन आचार्य लागि परेका छन् । प्रदेश राजधानी पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको थियो ।

समितिले पोखराकालाई पर्यटकीय राजधानी बनाउने गर्नु पर्ने कार्यतालिका नै दिएका छ । समितिको प्रतिवेदनले चैत्रको पहिलो हप्ता पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न उपयुक्त हुने सुझाव दिएको थियो । सोही मितिमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागेको हो ।

पोखरा हुदै सन् २०२३ मा १ लाख ९२ हजार पर्यटक अन्नपुर्ण क्षेत्रमा पुगेका छन् । पोखरामा बर्सेनी कति पर्यटक पोखरा आउछन् भने कुनै तथ्याङ छैन । तर पनि स्वदेशी र विदेशी पर्यटकको पहिलो रोजाई पोखरा पर्ने गरेको छ ।

नेपालमा वार्षिक १० लाख भन्दा बढि पर्यटक आउने गर्दछन् । नेपाल आएका पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने गरेको पर्यटन व्यवसायीहरु बताउ छन् । केवलकार, अल्ट्रालाइट, बन्जी, जिप लाइन, प्याराग्लाइडिङ लगायत इभेन्टहरूमा पोखरामा रमाउन पाइन्छ । पोखराले दैनिक ४० हजार पर्यटकलाई सेवा दिन सक्ने दाबी व्यवसायीको छ ।

गण्डकीको पर्यटन क्षेत्रमा ७ खर्बभन्दा बढीको लगानी छ भने पोखरामा आसपासमा मात्रै ६ खर्ब लगानी रहेको व्यवसायीको भनाई छ । घोषणले पनि पर्यटन क्षेत्रले प्राथमिकता पाउने, पोखराको पर्यटकीय बजारीकरण तथा प्रवद्धन, बाह्य तथा आन्तरिक लगानी मैत्री वातावरण निर्मण हुने, पर्यटन मैत्री पूर्वाधार निर्माणमा बल पुग्ने अपेक्षा छ ।



Tags: