
रुपाताल एकिकृत संरक्षण विकास परियोजना बाहेकको जग्गा फुकुवा गर्न माग
पोखरा, ३० फागुन/ कास्कीको रुपातालको संरक्षण गर्न रुपाताल एकिकृत संरक्षण विकास परियोजना सन्चालनमा छ । पोखरा महानगरपालिका र रुपा गाउँपालिका पर्ने रुपातालको संरक्षणका लागि परियोजना ल्याएको हो ।
तर त्यही परियोजनाले रोकी राखेको जग्गा फुकुवा गर्न स्थानीयले माग गरेका छन् । जग्गा फुकुवाको माग गदै स्थानीयले बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरलाई ज्ञापन पत्र बुझाए ।
परियोजनाको लागि आवश्यक जग्गा अधिग्रहण प्रकृयामा रहेको र बाँकी रहेको जग्गा हालसम्म पनि फुकुवा नभएकोले अंशबण्डा तथा बेचविखन गर्न नपाएको स्थानीयको गुनासो छ ।
२०७४ सालमा रोक्का भइ अधिग्रहण परे वाहेकको जग्गा हालसम्म पनि फुकुवा हुन नसकेको रुपाताल बाँध क्षेत्र समस्या समाधान समितिका संयोजक हरिप्रसाद अधिकारीले बताए । परियोजना प्रभावितले जग्गाको बढेको बजार मुल्य अनुसार नयाँ दररेट कायम गरी मुअब्जा दिन समेत भनेका छन् ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थानीयको माग सम्बेधनका लागि पहल गर्ने आश्वासन दिए । रुपाताल एकिकृत संरक्षण विकास परियोजनाले २४ सय ७२ रोपनी जग्गा अधिकरणको प्रकृयामा लगेकोमा ९ सय ९५ रोपाीको मुअब्जा दिइसकेको जनाएको छ ।
अधिकरण भएको जग्गाको मुअब्जा र अधिकरणमा नपरेका जग्गाको फपुकुवा एकै पटक गर्नुपर्ने भएकाले अधिकरण वाहिरको जग्गा फुक्कुवा दिन नसकिएको परियोजनाका इन्जिनयिर कृषण विकले जानकारी दिए । बजेट अभावले मुअब्जा दिन नसकिएको परियोजनाको भनाई छ । २०७३ सालबाट सुरु भएको परियोजनाले चालु आर्थिक वर्ष देखी बाँध निर्माण सुरु गरेको छ ।





