पोखरामा गुडिरहेको स्कुल बसमाथि बिजुलीको पोल भाँचिएर पल्टिए पछि

-

     क्लिक गण्डकी     
     फागुन २३ गते २०८० मा प्रकाशित

पोखरामा गुडिरहेको स्कुल बसमाथि बिजुलीको पोल भाँचिएर पल्टिए पछि

पोखरामा गुडिरहेको स्कुल बसमाथि बिजुलीको पोल भाँचिएर पल्टिए पछि

पोखरा, २३ फागुन/ पोखरामा गुडिरहेको स्कुल बसमाथि बिजुलीको पोल भाँचिएर परेको छ ।

पोखरा १६ लामाचौरस्थित भक्ति पथमा गुडिरहेको स्कुल बसमाथि विजुलीको पोल भाँचिएर परेको हो । नदीपुरस्थित न्यू ग्यालेसी माविको बस विद्यार्थी लिन जानेक्रममा बिहान ९ः३० बजे घटना भएको हो ।

विद्यालयका प्राचार्य डा. रामजी शर्माले बस गुडिरहेकै अवस्थामा बिजुलीको पोल भाँचिएर बसमाथि परेको बताए ।

पोलमा रहेका बिजुलीका तारमा विद्युत प्रवाह भइरहेपनि अन्य घटना भने नभएको प्राचार्य शर्माले बताए । बस चालक र सहयोगीले तत्कालै बसबाट विद्यार्थीलाई निकाल्न सफल भएको जानकारी दिए ।