पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने ६ सय ८१ मोटर साइकल कार्वाहीमा

-


     क्लिक गण्डकी     
     फागुन २० गते २०८० मा प्रकाशित


पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने ६ सय ८१ मोटर साइकल कार्वाहीमा

पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने ६ सय ८१ मोटर साइकल कार्वाहीमा

पोखरा, २० फागुन/ पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने, मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने ६ सय ८१ वटा विभिन्न कम्पनीका मोटरसाइकल कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्की र कास्की प्रहरीको संयुक्त प्रयासमा स्वरुप परिवर्तन गरिएका मोटरसाइइक नियन्त्रणमा लिई चालकलाई कार्वाही गरेको हो । कार्वाही पर्नेमा धेरै बुलेट र क्रसफायर मोटरसाइकल छन् ।

कास्की प्रहरी र ट्राफिक प्रहरीले पछिल्लो ६ महिनामा स्वरुप परिवर्तन गरेर ध्वनी प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको र मोटर साइकल चालकलाई कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन थापाले बताए ।

मोडिफाई भएका मोटरसाइकललाई कारवाहीबाट ७ लाख ४२ हजार ७ सय रावश्व संकलन गरेको उनले बताए । उनले पहिलो पटक स्वरुप परिवर्तन (मोडिफाई) भएका मोटरसाइकललाई सामानहरु फेर्न लगाएर पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिवाना गरी अभिभावकको जिम्मा लगाउने बताए ।

उनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न घटाउन रंग परिवर्तन गर्ने नपाईने व्यवस्था रहेको समेत बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसपको निगरानी, पहिचान गर्ने र वर्कसपका सञ्चालकहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएको छ ।