समाचार

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख
पोखरा २९ माघ/ रोटरी दिवसको छेको पारेर पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । रोटरी वा रोट्याक्टलाई मात्र लक्षित गरेर नेपालमानै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ । फागुन ५ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा आयोजना हुने प्रतियोगिताको तयारीमा तीव्रता दिइएको स्टार्स स्टुडियो प्रालिको सञ्चालक जसमाया गुरुङ जसुले जनाइन् । नृत्य प्रतियोगितामा… पुरा पढौ

फागुन १ गते सार्वजनिक बिदा छैनः गृह मन्त्रालय

गृह मन्त्रालय
काठमाडौं, २९ माघ/ सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको जानकारी दिएको छ । सोमबार विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको छ । २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा गरेको थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा… पुरा पढौ

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको पनि कालोपत्रे शुरु

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको पनि कालोपत्र शुरु
पोखरा, २८ माघ/ पोखरा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्डको कालोपत्र शुरु भएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा काममा प्रगति नभएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक स्थलगत निरीक्षण गरेका थिए । काममा प्रगति नभएपछि ठेक्का तोड्नेसम्मको तयारीपछि निर्माण व्यवसायीले कामलाई तीव्रता दिएका छन् । पश्चिम खण्डमा हालसम्म एक दशमलव पाँच किमि खण्ड कालोपत्र भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको खण्डमा हालसम्म काम सुरु भएको दस दिनमा डेड किमि सडक कालोपत्र भएको छ । पश्चिम… पुरा पढौ

लेकसाईडका छ ठाउँमा चोरी गर्ने एक जना पक्राउ

लेकसाईडका छ ठाउँमा चोरी गर्ने एक जना पक्राउ
पोखरा, २८ माघ/ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा लेकसाईड स्थित विभिन्न छ वटा पसलहरुमा विभिन्न मितिमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरिएको । चोरी गरेको आरोपमा पक्राउ पर्नेमा पोखरा महानगपालिका वडा नम्बर १४ बस्ने २१ बर्षीय दिपेश परियार रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले निजलाई आफ्नै घर कोठामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको । मिती २०८०/१०/१३ गते बिहानको अ.०२.०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.५ जिरो कि.मी.स्थितमा… पुरा पढौ

चापाकोट सांस्कृतक महोत्सवमा पत्रकार गंगाधर पराजुली सम्मानीत

चापाकोट सांस्कृतक महोत्सवमा पत्रकार गंगाधर पराजुली सम्मानीत
पोखरा २७ माघ/ कास्कीको चापाकोटमा जारी महोत्सबमा चापाकोटमा जन्मिएर पत्रकारिता क्षेत्रमा राष्ट्रियस्तरमा पहिचान बनाएका ब्यक्तित्व गंगाधर पराजुलीलाई सम्मान गरिएको छ । चापाकोटमा जन्मिएर नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष एबम नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष रहेर नेपाली पत्रकारहरुको सेवा सुबिधा र पारिश्रमिकको सवालमा साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार पराजुलीलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । नेपाल प्रेस युनियनका केन्द्रीय उपध्यक्ष समेत रहेर काम… पुरा पढौ

पोखरा महानगरले बढाएको कर घटाउन सुझाब

पोखरा महानगरले बढाएको कर घटाउन सुझाब
पोखरा, २६ माघ/ पोखरा महानगरको चालु आर्थिक वर्षको कर नीतिले ठूला करदातालाई राहत पुगे पनि साना करदातामा मारमा परेको महानगरले गठन गरेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ । चालु आर्थिक वर्षमा महानगरले कर बढाएको भन्दै जनस्तरबाट तीव्र विरोध भएपछि पुस २९ गतेबाट सुरु भएको १४ औं नगर सभाले आर्थिक ऐन संशोधन गर्न समिति गठन गरेको थियो । पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा गठित अध्ययन टोलीले शुक्रबारको नगर सभामा प्रतिवेदन बुझाएको छ । टोलीले बुझाएको अध्ययन प्रतिवेदनमा न्यूनतम कर… पुरा पढौ

पोखरामा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जना प्रकाउ (भिडियो सहित)

पोखरामा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जना प्रकाउ
पोखरा, २५ माघ/ पोखरामा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर दिपका प्रकाश दिप गैरेलाई फोन तथा म्यासेज मार्फत हिन्दी भाषामा कुराकानी र एसएमएसबाट धम्काएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्वत कुश्माका ३६ बर्षीय लक्ष्मण दर्जी र ४२ बर्षीय दिपक बहादुर क्षेत्री रहेको कास्कीका प्रहरी प्रमुख एसपि महोन थापाले जानकारी दिए । उनीहरुलाइ बिहीबार सार्वजनीक गर्दै पोखरा ८ सिमलचौरमा बस्दै आएको… पुरा पढौ

विष्णुप्रसाद भण्डारी धरौटीमा रिहा

विष्णुप्रसाद भण्डारी
पोखरा, २४ माघ/ मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोगमा पक्राउ परेका विष्णुप्रसाद भण्डारी धरौटीमा रिहा भएका छन् । बुधबार जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले भण्डारीनलाई ७ लाख धरौटीमा रिहा गरेको हो । भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले २ दिनअघि पक्राउ गरेको थियो । रिहापछि आफू निर्दोष रहेको दाबी गर्दै शुद्ध तारेखमै रिहा हुनुपर्ने उनले जिकिर गरे । तर, अदालतको आदेशलाई आफूले सम्मान गर्नुपर्ने उनी बताए । उनीविरुद्ध सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीमार्फत… पुरा पढौ

राइड सेयरिङ र प्रदेशभरको रुट खारेजीको माग गर्ने व्यवसायीलाई यातायात मन्त्रीले नाजवाफ बनाएर

राइड सेयरिङ र प्रदेशभरको रुट खारेजीको माग गर्ने व्यवसायीलाई यातायात मन्त्रीले नाजवाफ बनाएर
पोखरा, २३ माघ / गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावलीको विरोध गर्दै ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीलाई विभागीय मन्त्री रेशम बहादुर जुग्जालीले नाजवाफ बनाएर फर्काइदिनु भएको छ । यातायातसँग सम्बन्धित ६ वटा संघसंस्थाले मंगलबार सरकारको नियमावलीको विरोध गर्दै सच्याउन अल्टिमेटमसमेत मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका थिए । नियमावलीका केही नियम खारेज गर्नुपर्ने र व्यवसायीको मागलाई ७२ घन्टाभित्र पूरा नगरे बाध्य भएर आन्दोलनमा जानुपर्ने व्यवसायीको चेतावनी छ । व्यवसायीले १ नम्बर बुँदामै निजी सवारी साधनलाई पनि सार्वजनिक सवारीसरह यात्रु ओसारपसार (राइड सेयरिङ) गर्न… पुरा पढौ

स्मार्ट बन्दै पोखरा १३, गुगल प्लस र क्युआर स्क्यान मार्फत ठाउँको जानकारी पाइने

स्मार्ट बन्दै पोखरा १३, गुगल प्लस र क्युआर स्क्यान मार्फत ठाउँको जानकारी पाइने
पोखरा, २३ माघ/ पोखरा महानगरपालिका वडा नं १३ स्मार्ट बन्दै छ । पोखरालाई स्मार्ट सिटीको अवधारणा दिइरहँदा अब वडाका हरेक ठाउँमा गुगल प्लस र क्युआर स्क्यानमार्फत पुग्न सकिने वडाध्यक्ष किरण बरालले जानकारी गराए । वडाका विविध स्थानका लागि उक्त सेवा उपलब्ध रहेको उनले बताए । ‘वडाका विभिन्न ठाउँमा आउने नागरिकलाई बाटो पत्ता लगाउन सहज होस् र गन्तव्यमा पुग्न मदत पुगोस् भन्दै गुगल प्लस र क्युआर स्क्यानको व्यवस्था गरिएको हो ।’, उनले भने । गुगल प्लस र क्युआर स्क्यानको प्रयोगबाट पोखरा… पुरा पढौ