पोखरामा बालबिबाह मुद्दामा २ जना पक्राउ

-


     क्लिक गण्डकी     
     फागुन १७ गते २०८० मा प्रकाशित


पोखरामा बालबिबाह मुद्दामा २ जना पक्राउ

पोखरामा बालबिबाह मुद्दामा २ जना पक्राउ

पोखरा, १७ फागुन/ कास्की प्रहरीले बालबिबाह मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिकाका सरस्वती विक र विनिता सुनार रहेका छन् ।

जिल्ला अदालत कास्कीले माघ १० गते सरस्वतीलाई ३ महिना कैदसहित २ हजार ५ सय रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ दाखिला गर्न फैसला गरेको थियो ।

त्यसमा उनले २ महिना १८ दिन कैद सजाय र २ हजार ७ सय रुपैयाँ भुक्तान गर्न बाँकी छ ।

त्यसै गरी बिनिता सुनारको हकमा ३ महिना कैद सजाय र २ हजार ५ सय जरिवाना पिरको २ सय भुक्तान गर्न बाँकी भई फरारको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्बर १ हरिचोकबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।